१९ अर्ब रुपैयाँ विद्युत् महसुल नतिर्ने उद्योगीहरू

सर्वसाधारण ग्राहकसँग रु. एक हजार विद्युत् महसुल बक्यौता भए लाइन काट्न पुग्ने निर्देशक कुलमान अर्बौ रुपैयाँको महसुल बक्यौता राख्ने उद्योगी व्यापारीहरूको लाइन नकाटिकन मौन बसेका छनन्

bimbonline बिम्ब अनलाइन
२०८० असोज ४ ०८:३२ बजे

काठमाडौँ। नेकाको मुख्य सहयोगमा प्रम भएका माओवादीका पुष्पकमल दाहालले विद्युत् लोडसेडिङको बेला डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् लाइन चलाएका ६२ जना उद्योगी र व्यापारीलाई २० अर्ब रुपैयाँ बराबरको विद्युत् महसुल नउठाउन नेपाल विद्युत् प्राधिकरणलाई मौखिक आदेश दिएको सार्वजनिक भयो ।

एक सूत्रका अनुसार प्रम दाहालले विद्युत् महसुल बक्यौता भएका उद्योगी–व्यापारीसँग अर्बौँ रुपैयाँ उठाएर बाँकी बक्यौता मिनाहा माफी दिने तयारी गरेका छन् । यस अगाडिको प्रतिनिधिसभा  अन्तर्गतको सार्वजनिक लेखा समितिले विद्युत् बक्यौता भएका उद्योगी व्यापारीहरूसँग अविलम्ब असुल गर्न सरकारलाई निर्देशन दिएको तर सरकारमा भएका नेताहरू नै कमिसन खाएर अर्बौँ रुपैयाँ बक्यौता मिनाहा माफीमा लागेर संसद्मा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग उठेको थियो । लगत्तै विद्युत् बक्यौता अर्बौँ रुपैयाँ भएका उद्योगी –व्यापारीहरू प्रम पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए ।

सर्वसाधारण ग्राहकसँग रु. एक हजार विद्युत् महसुल बक्यौता भए लाइन काट्न पुग्ने निर्देशक कुलमान अर्बौ रुपैयाँको महसुल बक्यौता राख्ने उद्योगी व्यापारीहरूको लाइन नकाटिकन मौन बसेका छनन् ।शिवम् सिमेन्टका गौरव गोयल्सले २ अर्ब रुपैयाँभन्दा बढी विद्युत् महसुल बक्यौता तिरेको छैन ।

घोराही सिमेन्ट, युनाइटेड सिमेन्ट उद्योगले पनि विद्युत् महसुल बक्यौता तिरेका छैनन् । औद्योगिक क्षेत्रका उद्योगहरूले १९ अर्ब रुपैयाँ विद्युत् महसुल तिरेका छैनन् । उद्योगीलाई भन्दा सर्वसाधारण जनतालाई बढी मन्दी लागेको छ ।




२०८० असोज ४ ०८:३२ बजे

प्रतिक्रिया