नाडा अटो शोमा चारपाङ्ग्रे विद्युतीय गाडीको आकर्षण

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २७ ०९:५४ बजे

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरु नाडा अटो शोमा चारपाङ्ग्रे विद्युतीय गाडी आकर्षणका रुपमा रहेका छन् । अटो शोको पहिलो दिन अवलोकनकर्ताहरु विद्युतीय गाडीका नयाँ मोडलमा आकर्षित भएका हुन् ।

अटो शोमा पेट्रोल, डिजेल र विद्युतीय गाडीको प्रदर्शनी छ । तर, विद्युतीय गाडीमा धेरैले चासो दिएका नाडाले जनाएको छ । अटो शो मा विभिन्न ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमध्ये १६ वटा ब्राण्ड चार पाँग्रेका, २२ वटा दुई पाङ्ग्रेका र ७ वटा लाइट कमर्शियल भेहिकलका छन् ।

यस्तै अटो शोमा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । प्रदर्शनीमा ठूला तथा साना गरी झण्डै १ सय २० वटा स्टलहरु छन् । यस्तै ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।छ दिनसम्म चल्ने अटो शो २०२३ मा करिब ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने र २० अर्ब रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ


२०८० भदौ २७ ०९:५४ बजे

प्रतिक्रिया