वडा सचिव खगेन्द्र पन्तको निधन

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २६ १५:५४ बजे

डडेल्धुरा।  हिजो डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका–१ घर भई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा कार्यरत वडा सचिव खगेन्द्र पन्त रहेका छन । 

सोमबार राती जिल्लाको स्याउले नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलमा सवार पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

सोमबार राती स्याउलेबाट बागबजार तर्फ आउदै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोे छ ।

 




२०८० भदौ २६ १५:५४ बजे

प्रतिक्रिया