प्रगतिशील युवा क्लब लामिगडा द्वारा देउडा प्रतियोगिता सम्पन्न ।

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २५ २०:४३ बजे

डडेल्धुरा।डडेलधुरा जिल्ला परशुराम नगरपालिका वडा न .७ प्रगतिशील युवा क्लब लामिगडा द्वारा आयोजित खुल्ला देउडा  प्रतियोगिता तथा सास्कृतिक महोत्सव २०८० सभ्य र भब्यता का साथ सम्पन्न भएको छ। 

कला संस्कृतिको संरक्षण र सामाजिक सदभाव नारा दिइएको खुल्ला देउडा प्रतियोगिता परशुराम नगरपालिका नगर उपप्रमुख  बिमला महता  को प्रमुख आतिथ्यमा कार्यक्रम सन्चालन गरिएको थियो ।भाद्र २१ गते देखि गौरा पर्बको अवसर पारी २२ र २३ गते देउडा प्रतियोगिता आयोजना गरिएकोमा ६ वटा टिमले दर्ता गराउनु भएको थियो ।स्थानिय देउडिया महिला पुरुषले देउडा मार्फत विभिन्न बिषयबस्तुमा रहि   सवालजवाब  गर्दै दर्शकहरुको मन जित्नु भएको थियो।

आयोजक टिम प्रगतिशील युवा क्लबको तर्फबाट देउडिया बिमला बमको टिम  प्रथम पुरुस्कार नगद १५ हजार सहित प्रमाणपत्र हातपार्न सफल भएको छ ।द्वितीय मा सृजना आमा समूह जमरानी र समान अंक सहित सिद्धनाथ सामुदायिक बन करेनि र धर्मपुर टोल बिकास सँस्था घुम्टेगडा तृतीय भएका छन । देउडिया तथा शिक्षक बल बहादुर मह्ताले निर्णायक मण्डलको निर्णय सर्बोपरी हुने र  हारजित ठूलो कुरा नभै लोप हुँदै गइरहेको सँस्कृतिलाइ जगेर्ना गर्न सक्नु ठूलो महत्व भएको बताउनु भयो। सनातन हिन्दु धर्म माथी बारम्बार प्रहार भैरहेका बेला आफ्नो कला सस्कृतिको संरक्षण गर्नु र नयाँ पिढिले मौलिक पर्व बिर्सिदै गइरहेकाले हामीले यो खेल को आयोजना गरेको क्लबका अध्यक्ष महादेव भट्ट (किरण )ले बताउनु भयो ।

क्लबका सचिब केशब बहादुर बिस्ट (रोचक)ले समय दिनप्रतिदिन  बदलिदै गैरहेको र आपसी भाइचारा सम्बन्ध पनि टाढा टाढा हुँदै जादा सामाजिक सद्भाव कायम राख्न प्रतियोगिताको बिशेष महत्व रहेको र आगामी दिनमा यो भन्दा पनि बृहत् कार्यक्रमको आयोजना गरिने बताउनु भयो।कार्यक्रमलाई बिशेष सहयोग गर्ने सहयोगदाताहरु लाई धन्यवाद दिदै कार्यक्रम सन्चालक केशब बहादुर बिष्टले वडा र  स्थानिय तहले मौलिक पर्व कला सस्कृती बचाउन अभियाननै थाल्नु पर्ने जोड दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख बिमला महताले प्रतियोगिता क्लबको मात्र नभै परशुरामबासी सबैको भएको बताउनु भयो ।आफ्नो कार्यकालमा जति सक्दो छिटोछरितो मौलिक कला सँस्कृती बचाउन आयोजना गरिने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बिगत लामो समय देखि लामिगडामा यति ठूलो कार्यक्रम नभएको र स्थानीय र ख्यातिप्राप्त कलाकारहरुको पनि सहभागिताले गौरापर्ब हर्ष उल्लामय हुनुका साथै सबैमा खुशियाली छाएको कार्यक्रममा सहभागी झर्ना बिस्टले बताउनु भयो।गौरा पुजन समिती लामिगडाको समन्वय र प्रगतिशील युवा क्लब लामिगडाको आयोजनामा गरिको खुल्ला देउडा प्रतियोगीता सम्पन्न भएको छ।

२०८० भदौ २५ २०:४३ बजे

प्रतिक्रिया