साम्पाङ भन्छन् : म काठमाडौं नआएको भए फोहोर उठ्ने थिएन् साथमा बालेनको कमेन्ट पनि

साम्पाङ भन्छन् : म काठमाडौं नआएको भए फोहोर उठ्ने थिएन् साथमा बालेनको कमेन्ट पनि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १ २२:३२ बजे
हर्क साम्पाङ

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा  काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्रलाई लक्षित गर्दै नयाँ  पोष्ट सेयर   गरेका छन् । उनको पोस्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र स्वयमले  समेत कमेन्ट गरेका छन् ।

बालनले हर्क सम्पाङको फेसबुकमा कमेन्ट गरेका छन् हो नि  तपाई कै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हुनी। साम्पाङ को यो पोष्ट मा काठमाडौंका मेयर बालेन्द्रले लमात्रै नभएर ठूला व्यक्तिहरुले पनि कमेन्ट गरेका छन्। त्यस्तै अर्का  कमेन्टर गायक छन् मिस्टर डि,  र्यापर मिस्टर डि ले कमेन्ट लेख्नु भएको छ ओहो १ मेयर ज्यु  हजुर  काम गर्नुस न हो, राजनीति गर्न त   हाम्रा बाजेहरू  छँदैछन् ।

साम्पाङ ले आफ्नो फेसबुकमा राखेको यो पोष्टमा दुई घण्टामा २७ हजारलाई लाइक  ६९०० कमेन्ट र २७१  सेयर भएको  । साम्पाङ ले गरेको यो पोष्ट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । साम्पाङले  गरेको यो  भाइरल  हुनुको कारण अर्को के छ भने वास्तवमा धरान उपमहानगरपालिकाका मेयर हर्क  साम्पाङ  काठमाडौं आएपछि मात्रै काठमाडौंको फोहोरो उठ्न थालेको हो ।

२०७९ भदौ १ २२:३२ बजे

प्रतिक्रिया