खुकुरी प्रहारबाट घाइते कांग्रेसका सहमहामन्त्री यादवको उपचार हुदै

नेपाली काँग्रेसले एमसिसि पास गरेको,देशका कलकारखाना विक्रि गरेर विदेशीको दलाली गरी देशलाइ वर्वाद गरेका कारण खुकुरी प्रहार गरेको भनि श्याम सापकोटाले वताएका छन।

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २० २०:५९ बजे

काठमाण्डौ। खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई आईसीयूमा राखिएको छ।यादवलाई राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकको प्रत्यक्ष निगरानीमा आईसीयूमा राखेर उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ।राष्ट्रिय ट्रमा सेन्टरले साँझ ५ः३० बजे विज्ञप्ति मार्फत उनको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएको हो।अस्पतालका अनुसार हाल उनको अप्रेसन गरी घाउमा टाँका लगाइएको छ, अवस्था स्थिर छ।

टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरीले गहिरो चोट लागेको छ।टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट देखिएको छैन।बुधबार भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो।खुकुरी हान्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

 नेपाली काँग्रेसले    एमसिसि पास गरेको,देशका कलकारखाना विक्रि गरेर  विदेशीको दलाली गरी देशलाइ वर्वाद गरेका कारण खुकुरी प्रहार गरेको भनि श्याम सापकोटाले वताएका छन।
२०८० भदौ २० २०:५९ बजे

प्रतिक्रिया