दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १ १७:२४ बजे
जिप दुर्घटना

काठमाडौं । दार्चुलामा  जिप  दुर्घटना हुँदा  पाँच जनाको मृत्यु भएको छ ।  दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  हो ।   प्रहरीका अनुसार से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको हो । 

जिपमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन। विस्तृत विवरणसमेत नआएको  शैल्यशिखर गाउँपालिका वडा-६ का सचीव मनोहर धामीले बताएका छन् ।   उनका  अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घटनास्थल पुगेको उनले बताए। 

२०७९ भदौ १ १७:२४ बजे

प्रतिक्रिया