नेपालले दियो भारतलाई २३१ रनको प्रतिस्पर्धा

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १८ २०:१५ बजे

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३० रन बनायो । 

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९७ बलमा आठ चौकासहित सर्वाधिक ५८ रन बनाउनुभएको हो । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाउनुभयो ।

यस्तै सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान गर्नुभयो । ओपनर आसिफ र कुशलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको उत्कृष्ट साझेदारी गर्नुभएको थियो । 

यस्तै दीपेन्द्रसिंह ऐरीले २९ र गुलशन झाले २३ रन बनाउनुभयो । सन्दीप लामिछानेले नौ, भिम सार्कीले सात, कप्तान रोहित पौडेलले पाँच, कुमशल मल्ल र करण केसीले समान दुई दुई रना जोड्नुभयो ।ललित रानवंशी शुन्य रनमा आउट हुनुभयो । बलिङमा भारतका मोहम्मद सिराज र रवन्द्र जडेजाले तीन तीन विकेट लिनुभयो । मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिनुभयो ।


२०८० भदौ १८ २०:१५ बजे

प्रतिक्रिया