पेप्सीकोला दुर्घटना मृत्यु हुने संख्या २ जना पुग्यो

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १८ ०७:५४ बजे

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने अन्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७:४५ बजे पेप्सीकोला–काँडाघारी सडकखण्डमा बा २ ज ४८४८ नम्बरको बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भट्टराईको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीया उषा थापा रहेका छ।जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये केहीको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र अन्यको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२०८० भदौ १८ ०७:५४ बजे

प्रतिक्रिया