मन्त्री ध्दारा मनोहर रेष्टुरेण्ट तथा क्याफेको उद्धाटन

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १६ १८:०१ बजे

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मत्री झपड वहादुर साउँदले आज धनगढी चौराहमा रहेको मनोहर रेस्टुरेण्ट तथा क्याफेको  रिवन काटेर तथा व्यानर वाचन गरेर उदधाटन गर्नुभयो। अहिले देशका युवाहरु उच्चदरले विदेश गइरहेको अवस्थामा रेस्टुरेण्टका प्रोपाइटर  युवा मदन वहादुर जाग्रीले मनोहर रेस्टुरेण्ट तथा क्याफे खोलेर स्वरोजगारको सृजना गर्नुका साथै अन्य रोजगारीको अवसर पनि सृजना गरेको वताउनु भयो। प्रदेश सरकारले युवाहरु लाइ स्वरोजगारका लागी अनुदान दिने कार्यक्रम पनि रहेको मत्री साउँदले वताउनु भयो।उहाँ नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य   तथा अछाम जिल्ला इञ्चार्ज पनि हुनुहुन्छ।

कार्यक्रमको सञ्चलान गोपाल धामीले गर्नुभएको थियो भन्ने उदधाटन शत्रमा भारत वाट सेवा लिन आउनुभएका  विदेशी पाहुनाहरु र अन्य स्वदेशी पाहुनाहरुलाइ प्रोपाइटरले खादा र टिका लगाएर स्वागत गर्नु भएको थियो।

कार्यक्रममा आयोजकका साथीभाइ आफन्त इष्टमित्रहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरुले व्यवशायको प्रगति उन्नती र सफलताको शुभकामाना दिनु भएको थियो। यस रेष्टुरेण्टको एक पटक सेवा ग्रहण गरिदिन  मदन वहादुर जाग्रीले  अनुरोध गर्नु भएकोछ।



२०८० भदौ १६ १८:०१ बजे

प्रतिक्रिया