अत्तरियामा नगरपालिकाबाट नै वन क्षेत्र कब्जा,

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १५ २०:०० बजे

‘धनगढीः कैलालीको अत्तरियामा गोदावरी नगरपालिका आफैले दुईवटा वन क्षेत्रलाई कब्जामा लिएर भौतिक संरचना निर्माण गर्न लगाएको छ। गोदावरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १ को सामुदायिक वन क्षेत्रलाई कब्जामा लिएर नगरपालिका आफैले भौतिक संरचना निर्माण गर्न लगाएको हो।  वनक्षेत्र , प्रतिजग्गाको सँरक्षण गर्ने दायित्व स्थानिय तहको हो

वडा नम्बर ४ को खैराना सामुदायिक वन (बसन्तपुर) र वडा नम्बर १ को चाहना सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेका दुबै भौतिक संरचना निर्माणको कामलाई सव–डिभिजन वन कार्यालय अत्तरिया र डिभिजन वन कार्यालय धनगढीले बन्द गर्न लगाएको छ। सव–डिभिजन वन कार्यालय अत्तरियाले दुबै संरचनाको काम रोक्न पत्राचार नै गरेको हो। नगरपालिकाले कब्जा गरेर भवन निर्माण गर्दै आएको वडा नम्बर ४ को वन क्षेत्रलाई डिभिजन वन कार्यालयले यही भदौ ८ गतेदेखि सुरक्षा दिइरहेको छ।

वनभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने भन्दै डिभिजन वन कार्यालयले ८ गतेबाट नै काम बन्द गर्न लगाएको हो। वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणका लागि बसन्तपुरस्थित खैराना महिला सामुदायिक वनको जग्गा नगरपालिकाले कब्जामा लिएको थियो। कुनै पनि बहानामा राष्ट्रिय एवं सामुदायिक वनभित्र कसैले पनि भौतिक संरचना बनाउन नपाइने व्यवस्था छ।

वनभित्र भौतिक संरचना बनाउने भनेर सर्वपक्षीय र सर्वदलीय भेलाले गरेको निर्णयलाई वन कानूनले नचिन्ने भन्दै स्थानीय स्तरमा वनको जग्गा प्रयोग सम्बन्धि गरिएका सबैखाले निर्णय विद्यमान वन ऐन र कानूनअनुसार अबैध हुने वन अधिकारीले बताएका छन्।

जुन वन ऐन विपरीत हो। वन जग्गालाई कब्जा गरेर यसरी कुनै पनि भवन निर्माण गर्न नपाइने डिभिजन वन कार्यालय धनगढीका निमिक्त डिभिजन प्रमुख यादवले बताए। विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत रहेको ग्रामीण तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडर कार्यालय डडेल्धुराले ठेक्का प्रकृया मार्फत सो भवनको निर्माण सम्झौता गरेको छ।



२०८० भदौ १५ २०:०० बजे

प्रतिक्रिया