मेची आमा’ लाई ‘नारी शिक्षा एवं जागरण सम्मान’

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १५ ०८:४४ बजे

काठमाण्डौ।  ‘मेची आमा’ नामले सुपरिचित समाजसेवी स्व.दिलकुमारी श्रेष्ठलाई ‘नारी शिक्षा एवं जागरणसम्मान’ प्रदान गरिएको छ ।ॐ भानु-वेद स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा उहाँलाईमरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो ।

मेची आमाको १२ औं पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उहाँलाई सम्मान पत्रसँगै नगद रु.एकाउन्न हजार सहित सम्मानित गरेको थियो ।नेपालकी प्रथम महिला प्रधानन्यायाधिश सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गर्नुभएको थियो ।मेची आमाका कान्छा छोरा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले स्वीकार मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा सर्बोच्च अदालतकी पूर्वप्रधानन्यायाधिश तथा नेपालको न्याय क्षेत्रकी प्रथम महिला प्रधान‍न्यायाधीश, कर्तव्यपरायण न्यायमूर्ती सुशिला कार्कीको हातबाट आमाको नाममा सम्मान ग्रहण गर्दा मेची आमा परिवार गौरवान्वितभएको बताउनुभयो। 

डा श्रेष्ठले मेची आमाले आफ्नो जीवनसहँदासम्म अनेकौ समाज सेवा गर्नुभएको, विशेष गरी महिला लक्षित काम जस्तैः महिलासाक्षरता,  महिलाको सीप विकासगरी समाजमा आत्म निर्भरता, महिला हक हितको संरक्षण तथा उत्थानमा अत्यन्त सक्रिय रहनुभएको स्मरण गर्नुभयो । आमाको अग्रसरतामा स्थापित संस्था“महिला आदर्श सेवा केन्द्र” पहिले वानेश्वरमा हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. १० मा अवस्थित वालुवा खानीमा विभिन्न समाजसेवी तथा मेची आमा परिवारको सक्रियता र सहयोगमाआफ्नै नयाँ भवन निर्माण गरी सञ्चालित रहेको जानकारी गराउनुभयो 

प्रधानन्यायाधिश सम्माननीय सुशिला कार्कीले सम्वोधनका क्रममा मेची आमालाई स्मरण गर्दैझापामा महिला नेतृत्व अभाव रहेका बेला उहाँले महिला हकहित र जागरणको पक्षमा निर्भिकभएर वकालत गर्दै हिंड्नु भएको बताउनुभयो ।ॐ भानु-वेद स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ॐ कृष्ण सिटौलाले पनि मेची आमाको व्यक्तित्ववारे चर्चा गर्नुभएको थियो । उहाँले आमासँगका संस्मरणहरुपनि सुनाउनुभएको थियो ।२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै पहिलोपटक यसकोथालनी गरेर त्यतिबेलाको समाजलाई चुनौती समेत दिनुभएकी सरल, मृदुभाषी र सहयोगीभावनाकी स्व.दिलकुमारी श्रेष्ठ तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बन्नुभएको थियो ।काठमाडौंस्थित ॐ अस्पतालको सघन कक्षमा उपचारका क्रममा ९९ बर्षको उमेरमा २०६८ सालभाद्र १२ गते उहाँको निधन भएको थियो।२०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय मेची आमाको कामको उच्च मूल्यांकन गर्दैमेची अञ्चलकै आमाका रूपमा सम्मान गरेर मेची आमा उपनाम दिइएको हो ।


२०८० भदौ १५ ०८:४४ बजे

प्रतिक्रिया