प्रगतिशील युवा क्लब लामिगडाले खुल्ला देउडा प्रतियोगिता गर्ने

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १२ ०८:३९ बजे


डडेल्धुरा। डडेल्धुरा  जिल्लाको परशुराम नगरपालिका वडा न. ७  लामीगडाको प्रगतिशील युवा क्लबले कला सँस्कृतीको संरक्षण र सामाजिक सद्भाव  मुख्य नारा सहित यहि भाद्र २२ र २३ गते  गौरा पर्व तथा तिज बिशेष खुल्ला देउडा प्रतियोगिता सन्चालन गर्ने भएको छन।

सुदुरपश्चिममा भाद्र ७ गते वा २१ गते  कुन दिन गौरापर्ब मनाउने भन्ने बिबादका बिच धेरैले ७ गते नै गौरा पर्व मनाएका छन भने केहि  समुदायले यहि भाद्र २१ गते देखि मनाउने भएका छन ।पछिल्लो पटक देशमा आफ्नो कला संस्कृती प्रर्ति युवापिढिको खास चासो नरहेको र सुदुरपश्चिमको बहुसंख्यक जनताको मौलिक पर्व र देउडानै लोप हुने अवस्थामा पुगेकाले  कला संस्कृतीको संरक्षण र सामाजिक सद्भावको नारा दिई प्रतियोगिताको आयोजना गरिएको प्रगतिशील युवा क्लबका अध्यक्ष महादेब भट्ट(किरण)ले बताउनु भयो ।

कार्यक्रमको लागि खर्च व्यवस्थापनको लागी सहयोगवाट सँकलन गर्ने र कार्यक्रमको आयोजना लालपुर सामुदायिक भवनमा सन्चालन गर्ने गरि तयारी भैरहेको क्लबका सचिब केशब बहादुर बिस्ट( रोचक)ले जानकारी दिनुभयो।

खुल्ला देउडा प्रतियोगिता लाई सुन्दर र आकर्षक बनाउन देउडा गायक जे आर भट्ट , देउडा गायिका गौरी ओझाको प्रस्तुती रहनेछ भने गायक तथा हास्य कलाकार अमृत नाथले दर्शक लाई हसाएर वताइएको छ ।  साथै स्थानिय नवप्रर्तिभा कलाकारहरुले पनि  मनोरञ्जन गराउने  छन।

वडा न.७ सादनीको गौरा पर्व ७ गते देखि संचालन भै १० गते समापन गरेपछी अब सबै वडाबासिको ध्यान २२ र २३ गते हुने खुल्ला देउडा प्रतियोगितामा  गएको देउडिया राम बहादुर महताले बताउनु भयो ।



२०८० भदौ १२ ०८:३९ बजे

प्रतिक्रिया