सोमालियाका शरणार्थीहरुको काठमाडौंमा धर्ना

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ११ ०९:११ बजे

 काठमाण्डौ। काठमाडौंमा रहेका सोमालियाका शरणार्थीहरुले आज धर्ना कार्यक्रम राखेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय महाराजगञ्जमा बिहान १० बजे धर्ना बस्ने तयारी थालेका छन् ।

सोमालियाको आन्तरिक युद्धको कारण आफूहरु विस्थापित हुनुपरेको उनीहरुको भनाई छ । मुलुकको आन्तरिक अवस्था खराब रहेकाले तत्काल सोमालिया फर्कन समस्या रहेको उनीहरु बताउँछन् । 

कार्यालयले युरोपलगायत अन्य मुलुकका शरणार्थीहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सोमालियाका नागरिकको माग छ । उक्त माग पूरा गराउन शान्तिपूर्ण धर्नामा बस्न लागिएको जानकारी दिएका छन् ।


२०८० भदौ ११ ०९:११ बजे

प्रतिक्रिया