माइत जान्छु भनेर हराएकी पुष्पा होटेलमा मृत भेटिइन्

माइत जान्छु भनेर हराएकी पुष्पा होटेलमा मृत भेटिइन्

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १ १५:०८ बजे
पुष्पा होटेलमा मृत भेटिइन्

काठमाडौं ।  माइत जान्छ भन्दै गयकी एक महिना देखी हराएकी ३३ वर्षिया  पुष्पा पुनमगर  होटलमा  मृत भेटीएकी छन् ।आइतबार राति बुटवलको होटलमा  उनि मृत भेटिएकी  हुन् ।  

नेपालगञ्जस्थित घर भएकी  पुष्पा  माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि  उनका श्रीमानले खोजीकार्य गरेका हुन् । उनका श्रीमान हाल वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका  छन् ।  उनका श्रीमानले  पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

खोजीकार्यको क्रममा आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी थिइन् ।  होटेलमा  बसेकी पुष्पा अर्को दिन मृत भेटेएकी हुन् । उनिसँगै  होटेलमा बसेका भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीका  अनुसार  पुष्पा असार अन्तिममा साउन बार्न भनेर  नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी  थिइन्।  तर उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन नआएको रेग्मी बताएका छन् ।   

होटेल संचालक बासुदेव लामिछाने मगरका अनुसार  उनिहरुले होटेलको कोठा नम्बर १३४  बुक गरेको तर होटेलको काठा बुक गर्दा  आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ भएको  बताएका छन् । 

सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए । श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका  होटेल संचालक लामिछानेले  बताएका छन् ।   ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृत अवस्थामा रहेका  लामीछानेले बताएका छन् ।  

उनीहरु बसेको बेडका तन्ना र टाबेलमा रगत लागेको  पाइएको छ ।  पुष्पाको हत्या गरी भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीले बताएका छन् ।

भुजेल र महिलाबीच को  सम्बन्ध कहिले र कहाँबाटको  थियो भन्ने भने  खुलेको छैन् ।पुष्पाको साथमा मोबाइलसमेत नभएकाले धादिङका सीतारामसंग भेट कसरी भयो भन्ने अझै नखुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पुष्पाका माइती पक्षका आफन्त जाहेरी दिने तयारीमा रहेका र श्रीमान् युएईबाट आएपछि पोस्टमार्टम हुने  रेग्मी बताएका छन् ।  दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखीएको छ ।  

भुजेलसंगको विवाहेत्तर सम्बन्धमा खटपटकै कारण पुष्पाले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक  अनुसन्धनबाट खुल्न आएको छ।

पुष्पाका माइतीहरु जोहरी दिने क्रममा रहेकाले त्यसपछि थप कुरा  खुल्ने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताएका छन् ।  

२०७९ भदौ १ १५:०८ बजे

प्रतिक्रिया