जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ७ १९:५३ बजे

धनगढी।  मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती बिहीवार धनगढीमा एक कार्यक्रमबीच मनाइएको छ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले स्व.. सिंहले कलियुगमा उनीजस्ता राजा, शासकहरू मुस्किलले पाइने बताए। स्व. सिंहले बझाङको केन्द्र तोक्ने काम पनि वैज्ञानिक तरिकाले गरेको चर्चा गर्दै उनले समाज सुधारका धेरै काम गरेको बताए। प्रदेश प्रमुख जोशीले सिंहले राजपाठ छाडेर भारत गएर बस्नु, मानवतावादको लागि सङ्घर्ष गर्नु र राणाको भान्जा तथा ज्वाइँ भएर पनि सोही शासनविरुद्ध लाग्नु महान् सोच भएको बताए।


२०८० भदौ ७ १९:५३ बजे

प्रतिक्रिया