प्रहरी प्रशासन विरुध्द मेयर हर्क साम्पाङको मुद्दा हाल्ने

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ५ १४:१७ बजे

काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारको प्रहरी प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् ।मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका हुन् । केही दिनअघि उनीविरुद्ध स्थानीय एक महिलाले अभद्र व्यवहार गरी सामाजिक सञ्जालमा राखेका थिए ।

‘यो देशमा राज्य सरकार छ, छैन ? ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ गरी अनुसन्धान गरी कार्वाही भएन भने मैले पत्रकार सम्मेलन गरी सम्बन्धित निकायहरूविरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन,’ उनले भने ।

उनले आफूले प्रहरी प्रशासनविरुद्ध मुद्दा दायर गर्दा हुने अराजकताको जिम्मेवारी को हुने भन्दै प्रश्न गरेका छन् ।यस्तै, उनले नागरिकको आन्दोलनलाई कस्ले सम्बोधन गर्नेबारे सचेत हुन आग्रह गरेका छन् ।


२०८० भदौ ५ १४:१७ बजे

प्रतिक्रिया