काठमाडौं । सबै स्थानीय तहहरुले मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्न भएको छ । स्थानीय तहहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गरिसक्न परिपत्र गरेको हो ।
मन्त्रालयका अनुसार विभिन्न उद्देश्य राखी जारी गरीएको भूउपयोग नीति २०७२, ऐन तथा नियमअनुसार देशभरका सबै स्थानीय तहले आ–आफ्नो कार्य क्षेत्रमा पर्ने जग्गाको वर्गीकरण गर्नुपर्ने छ ।स्थानीय तहहरुलाई तोकिएको ऐन, नियमअनुसार जग्गा वर्गीकरण गर्न मन्त्रालयले विज्ञप्ती निकालेको हो ।
केही स्थानीय तहहरुले आफ्नो कार्य क्षेत्रभित्रको जग्गालाई ऐन, नियम वा परिपत्रमा उल्लेख गरिएको भन्दा फरक ढंगबाट वर्ग छुट्याउने वा कुनै पनि वर्गमा नछुट्याउने वा जग्गाधनीलाई स्वघोषणा गर्न लगाउने पाइएको भन्दै त्यस्तो नगरि प्रचलित कानुनको मर्म र भावना अनुरूप काम गर्न समेत मन्त्रालयले विज्ञप्ती मार्फत सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया