वालप्रतिभा समर्पण न्यौपाने सम्मानित हुने

जयपृथ्वीहादुर सिंहको जन्मजयन्तीको अवसरमा पुरस्कार उहाँलाई हस्तान्तरण गरिनेछ

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ४ १६:२१ बजे

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपाने सम्मानित हुने हुनुभएको छ ।नेपाल बाल साहित्य समाजद्वारा स्थापित पुरस्कारबाट साहित्य समाज लेखनतर्फ उहाँलाई सम्मान गर्न लागिएको हो ।

भाद्र ७ गते जयपृथ्वीहादुर सिंहको जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सो पुरस्कार उहाँलाई हस्तान्तरण गरिनेछ ।बालशिक्षा, पाठशाला, पुस्तक निर्माणका साथै गोरखापत्रको प्रथम व्यवस्थापक रहेर शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्नुहुने जयपृथ्वीबहादुर सिंहको १४७औं जन्मजयन्तीको अवसरमा सिंहको योगदानको परिचर्चाका साथ न्यौपानेले सो सम्मान प्राप्त गर्न लाग्नु भएको हो ।

२०८० भदौ ४ १६:२१ बजे

प्रतिक्रिया