डडेल्धुरा। ख(B) वर्ग अन्तगतका सवारी साधन कार, जिप डेलिभरी भ्यानका लाइसन्सको प्रयोगात्मक परिक्षाको १०० पुर्णाङमा ७० नम्वर वा सो भन्दा वढि अँक भार ल्याउने परिक्षार्थी मात्र पास हुने कानुनी व्यवस्था रहेको छ।
पहिलो चरण धुमाउरो (8)को अँकभार (२०) रहेको छ। अँक काटिने अवस्था र काटिने अँक- दुइपटक सम्म अँकित रेखा छोएमा(-५-५) फेल हुने अवस्था - दुइ पटक भन्दा वढी पटक अँकित रेखा छोएमा,टायर अँकित रेखा भन्दा वाहिर गएमा,ठिक दिशा वाट ठिक तरिकाले 8 नवनाएमा, अगाडी वढ्नु पर्ने वेलामा सवारी पछाडी सारेमा।
दोस्रो चरण उवड-खावड (स्पिड-वेक्रर) (अँक भार-१०) अँक काटिने अवस्था(काटिने अँक) एकपटक सम्म सवारीको स्टाट वन्द भएमा (-५) फेल हुने अवस्था- एक पटक भन्दा वढी स्टार्ट वन्द भएमा।
तेस्रो चरण युर्टन(अँक भार-१०) अँक काटिने अवस्था (काटिने अँक)- सवारीमा टर्निङ इन्डिकेटर नवलेमा(-१०) फेल हुने अवस्था - अँकित रेखा छोएमा।
चोथो चरण-टाफिक लाइट( अँक भार-१५) अँक काटिनेअवस्था- (काटिने अँक) टाफिक लाइटको नियम पालना नगरेमा(-१५)
पाँचौ चरण उकालो- वरालो (अँक भार १५) फेलहुने अवस्था- तोकिएको रेखा नाधि सवारी रोकेमा वा नरोकी अधि वढेमा, रोकिएको अवस्थामा सवारी अगाडी वढाउदा पछाडीको टायर ६ इन्च भन्दा वढि आएमा। ओरालो छर्दा तोकिएको रेखा नाधि सवारी रोकेमा वा नरोकी अधिवढेमा, एक पटक भन्दा वढी सवारी स्टार्ट वन्द भएमा।
छठौँ चरण – ग्यारेज पार्किङ(अँक भार २०) अँक काटिने अवस्था(काटिने अँक) सवारी पछाडी सार्ने क्रममा एक पटक सम्म अधि सरेमा (-१०) फेल हुने अवस्था- एकपटक भन्दा वढी अधि सरेमा,अँकित रेखा छोएमा,
सातौँ चरण- व्यवहारीक पक्ष(अँक भार-१०)अँक काटिने अवस्था (काटिने अँक) सवारी चलाउनु पुर्व सवारीको ऐना,टायर,व्रेकको सामान्य परिक्षण नगरेमा(-३) सिटवेल्ट नलगाइ सवारी चलाएमा(-४) असँयमित तरिकाले सवारी चलाएमा(-३)
सवै चरणको अँक जोड्दा ७० वा सो भन्दा वढी अँक ल्याएमा पास र ७० अँक भन्दा कम ल्याएमा फेल हुने नयाँ परिक्षा प्रणाली लागु भएको अवस्थामा सवारी चालक अनुमतिपत्र लिन पहिले भन्दा सजिलो भएको परिक्षार्थी रमेश चन्द वताउछन।
प्रतिक्रिया