कविता युवा

bimbonline नरेन्द्र देवकोटा
२०८० साउन ३२ ०९:११ बजे

नेपालगञ्ज।

सोह्र बर्ष नाघिसकेका 

चालीस बर्ष पुगीनसकेका

विकास र परिवर्तनका 

संवाहकका सामर्थ्य रहेका 

मलाई लाग्छ तिनै ब्याक्ति 

युवा अनि युवाशक्ति हुन् ।


जतिसुकै उमेरका हुन्

आफ्नो अनुभव योग्यता र क्षमता

सीप र सृजनशीलता

आफ्नो देश  र समाजमा

लगानी गर्ने शक्ति पनि

युवा सोच भएका

ब्यक्तित्वहरु जस्तै हुन्,

उनिहरुलाई पनि युवास्वरुपमै 

ग्रहण गरी सम्मान गर्नुपर्दछ ।


युवामा सिर्जनशीलता हुन्छ, 

सीप र क्षमतायुक्त हुन्छन्

नविनतम सोच र चिन्तन हुन्छ

जाँगर र उद्यमशीलता हुन्छ

कर्तव्य र जिम्मेवारीको बोध हुन्छ

उर्जाशील र प्रतिभावान हुन्छन्

यसैले पनि राष्ट्र निर्माणमा 

युवाको भूमिका ओजस्वी हुन्छ ।


युवा सामाजिक अभियन्ता हुन्

कानून र न्यायका् मार्गदर्शक हुन्

राष्ट्र निर्माणका अगुवा हुन्

अतः आर्थिक र सामाजिक परिवर्तन गर्न

बौद्धिक र राजनीतिक क्षेत्रमा 

प्रभावकारी परिवर्तन ल्याउन

युवा शक्तिको सहभागिता चाहिन्छ  ।


जसबाट राज्यले 

कानून र नीति निर्माण गर्दछ

रणनीति योजना र कार्यक्रम बनाउँछ 

आवधिक र दिर्घकालिन

खाका चित्रण गर्दछ

यसैले सार्थक र सरोकारका विषयमा 

युवा शक्तिलाई सहभागीताको लागी

सम्बोधन गर्न अपरिहार्य छ ।


जोस जाँगरयुक्त युवालाई 

राज्य सञ्चालन प्रकृयामा ल्याईनुपर्छ

बिकासको मूल प्रवाहमा समेटिनुपर्छ

यदि समावेश गराउन सकेनौँ भने

उनीहरुको उर्जा र प्रतिभाबाट 

राष्ट्र लाभ लिनबाट चुक्न सक्छ

द्वन्द्व र अस्थिरतालाई

झेल्नुपर्ने स्थिति आउन सक्छ 

जुन कुरा हामीले 

बिगतका दिनबाट सिकिसकेका छौँ

बिगतबाट सामना गरिसकेका छौँ ।


युवाशक्तिको सिर्जनशिलता

योग्यता र क्षमता उपयोगमा 

ल्याउन सकेनौँ भने

युवा कुलतमा फस्न सक्छन्

विकृतितर्फ उन्मुख हुन सक्छन्

नकरात्मक सोचतर्फ उद्वत हुन सक्छन्

गलत बाटो अवलम्वन गर्न सक्छन्

अन्ततः देश र समाजको उन्नतिका 

अवरोध र अवरोधक तत्व बन्न सक्छन् ।


देशले सहि रणनीति बनाउन नसक्दा

बस्तुगत र ठोस नीति अवलम्बन गर्न नसक्दा

सँसारका कुना कुनामा नेपाली युवाहरुले

आफ्नो  योग्यता क्षमता र सिपलाई 

कौडीको भाउमा बिक्री गर्न पुगीरहेकाछन्

आफ्नो उर्जा र सृजनशीलतालाई

अर्काको देशमा पोखीरहेछन् ।


यसबाट राष्ट्रले अमूल्य सम्पति गुमाइरहेको छ

अमूल्य जनशक्ति खेर फालिरहेको छ

बौद्विक शक्तिको अवमूल्यन गरिरहेको छ

मलाई लाग्छ सुनको थाली बोक्न लगाएर

रेमीट्यान्सको बैशाखी टेकिरहेको छ ।


ढिलै भएपनि स्वदेशमा भएका युवाबारे सोचौँँ

युवालाई रुचि क्षमता र योग्यताअनुसार

बिकासको मूल प्रवाहमा ल्याउँ

बिदेशमा छरिएका युवालाई फिर्ता ल्याएर

बिकासको मूल प्रवाहमा समेट्ने

नीति तथा रणनीति बनाऔ ।


जसबाट देशले सँसारभर छरिएका युवाबाट

भरपुर सिप क्षमता र उर्जाको उपयोग गर्न सक्नेछ

बिदेशी युवालाई नै काम दिएर

आफुलाई अग्रपंक्तिमा राखेर

अव्वल बनाउन सक्नेछ

अवको बीस बर्ष भित्र

बिकसित राष्ट्र बनिसक्ने

र सँसारलाई नेपालबाट केही गर्न सक्ने

पाठ सिकाउन सक्षम हुनेछ ।



२०८० साउन ३२ ०९:११ बजे

प्रतिक्रिया