शिक्षकहरुको स्थानिय तहमा धर्ना

bimbonline बिम्ब अनलाइन
२०८० साउन २८ १५:२७ बजे

डडेल्धुरा।  प्रस्तावित शिक्षा ऐन २०८० मा शिक्षक शिक्षिका र विधालय कर्मचारीहरु लाई लक्षित गरि गरिन लागेका  बिभेदकारी विभिन्न  प्रावधानका विरुध्द आज देशव्यापीरुपमा स्थानियतहका कार्यालयमा धर्ना दिने कार्यक्रम अन्तगत डडेल्धुरा जिल्लाका अमरगढी, परशुराम नगरपालीका  र अन्य गाँउपालीकाका कार्यालयहरुमा शिक्षक शिक्षिका र विधालय कार्मचारीहरुले धर्ना दिएर  खबरदारी  गरेका छन। शिक्षा विधेयकमा आफ्ना मागहरु समेटिने गरी कानुन निर्माण गर्न शिक्षक कर्मचारीहरुले दवावमुलक कार्यक्रम गर्दै आएको कुरा आन्दोलनका अगुवा शिक्षक वेद प्रशाद पनेरुले वताउनु भयो। माग पुरा नभए सम्म आन्दोलन जारी रहने कुरा उहाँले भन्नु भयो।


२०८० साउन २८ १५:२७ बजे

प्रतिक्रिया