एउटै कसुरमा आदेश फरक- फरक

साँसद लाइ हिरासतमुक्त गरी र अन्य लाइ हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति

bimbonline बिम्ब अनलाइन
२०८० साउन २७ ०८:४७ बजे

काठमाण्डौ। नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले अनुमति मागेको थियो।

तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतमा राख्ने अनुमति दिन अस्वीकार गरेको हो। उनलाई तारेखमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।

२०७९ साउनमै शर्माको प्रमाणपत्र जाँच गर्दा नक्कली भएको रिपोर्ट आए पनि सीआईबीले हालसम्म अनुसन्धान नगरी राखेको र शर्मा अहिलेसम्म नभागेकाले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको नेउपानेले बताए।त्यस्तै यही कसूरमा पक्राउ परेका पाँच जनालाई भने पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। यो प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन्।

न्यायाधिस दण्डपाणि शर्माको आदेशले नक्कली शैक्षिक प्रमाणपत्र कसूरका आरोपितहरु मध्येका सार्वजनिक पदमा रहेको व्यक्ति झन वढी जवाफदेहि हुनुपर्ने कानुनी व्यवस्थाको विपरित रहेको र यस आदेशले साना लाइ ऐन ठुला लाइ चेैन भन्ने  कुरा चरितार्थ भएको छ।



२०८० साउन २७ ०८:४७ बजे

प्रतिक्रिया