चौराह स्पोर्ट्स एसोसिएसन क्लब सादनी द्वारा विधालयमा कार्यक्रम

bimbonline बिम्ब अनलाइन
२०८० साउन २६ २०:४६ बजे

डडेल्धुरा। डडेलधुरा जिल्ला परशुराम नगरपालिका माध्यमिक बिधालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता र २०७९ को एस. इ. इ. मा उत्कृष्ट हुने बिध्यार्थीहरु लाई सम्मान गर्ने कार्यक्रम  चौराह स्पोर्ट्स एसोसिएसन क्लब सादनी द्वारा सम्पन्न  भएको छ।परशुराम नगरपालिका वडा न ७ चौराह स्पोर्ट्स एसोसिएसन क्लब द्वारा स्थापनाकाल देखिनै कला , सस्कृती,खेलकुद क्षेत्रमा बिबिध कार्यक्रम गर्दै आइरहेको क्लबले आज श्री शिबशंकर मा.बि. सादनीमा परशुराम नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी बिस्ट  को प्रमुख आथित्य र विशिष्ट अतिथी वडा न. ७ का अध्यक्ष कर्ण बहादुर धामी ( किशोर ) र सस्थापक अध्यक्ष कृष्ण कुमार अवस्थी लगायत चारवटा मा.बि. का शिक्षक , बिद्यार्थी, शिक्षाप्रेमी, समाजसेबीहरुको सहभागितामा कार्यक्रम सन्चालन भएको थियो।

क्लबको प्रथम बार्षिकउत्सवका अवसरमा परशुराम नगरपालिका माध्यामिक बिधालय स्तरीय हाजिर जबाफ  प्रतियोगिता र वडा न.७का दुई वटा मा.बि. बाट यो बर्ष  एसइइमा उत्कृष्ट हुने बिद्यार्थी भाइबहिनीहरुलाइ सम्मान गरिने कार्यक्रममा चार वटा माध्यमिक बिध्यालयले सहभागीता जनाउनु भएको थियो ।जसमध्ये हाजिरि जबाफ प्रतियोगितामा श्री बैजनाथ मा.बि. जमरानी प्रथम, सिद्धनाथ मा.बि. मलास द्वितीय , सिद्धनाथ मा.बि. चन्दनी तृतीय र शिवशंकर मा.बि . सादनीले सान्त्वना प्राप्त गर्नु भएको छ।वडा नम्बर ७ बाट यो बर्ष एस. इ. इ. मा उत्कृष्ट नतिजा ल्याउने सिद्धनाथ मा.बि.मलासका ७ जना र शिबशंकर  मा.बि. का  एकजना बिध्यार्थी लाई कार्यक्रममा सम्मान गरिएको थियो ।प्रथम,द्वितीय , तृतीय र एस. इ. इ. मा उत्कृष्ट हुने बिध्यार्थी भाइबहिनीलाई प्रमुख अतिथी लक्ष्मी बिस्टले शैक्षिक सामाग्री , ट्रफि र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको  थियो।

मौलिक कला सस्कृती , खेलकुद लाई प्राथमिकतामा राख्दै आइरहेको उदयमान क्लबले आगामी दिनमा बिध्यार्थी नानिवावुहरु मात्र नभै राम्रा शिक्षकहरु लाई पनि सम्मान गर्दै लैजाने कार्यक्रम रहेको क्लबका अध्यक्षले बताउनु भयो। वडा तह बाट आर्थिक सहयोग भै दिए झनै राम्रो हुने प्रतिक्रिया दिइरहदा कार्यक्रमका विशिष्ट अतिथी वडा न.७ का अध्यक्ष कर्ण बहादुर धामी ( किशोर) ले कुनैपनी कार्यक्रम गर्दा सर- सल्लाह समन्वय गरि अघि बढेमा सुन मा सुगन्ध हुने र कार्यक्रम प्रभाबकारी हुनुका साथै शिक्षा क्षेत्रमा स्थानीय तहको  जिम्मेवारी पनि थप प्रगाढ हुने थियो भनि बिम्ब अनलाइन सङ्ग वडा अध्यक्ष किशोरले प्रतिक्रिया जनाउनु भएको छ।



२०८० साउन २६ २०:४६ बजे

प्रतिक्रिया