अमरगढी नगरपालिका बिरुद्ध स्थानीय सडकमा उत्रिए

bimbonline बिम्ब अनलाइन
२०८० साउन २२ १५:४३ बजे

डडेल्धुरा।डडेल्धुरा  सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड अमरगढी नपा १ मालमबासीको जंगलमा बनाएको भन्दै उनीहरुले हटाउन आन्दोलित भएका हुन ।

डिभिजन बन कार्यालय पछाडी र मालम जाने सडककै छेउछाउमा फोहरमैला फाल्ने डम्पीङ साईड बनाएपछि हिडडुल गर्न र पानीका मुहानहरु  हरियाली सामुदायिक वन र पार्क पनि दुर्गन्धित हुदै गएको भन्दै मालमबासी सडकमा आन्दोलित भएका छन ।

अमरगढी नगरपालिकाले तिन महिनाका लागी मात्रै अस्थायी रुपमा मालम जंगलमा फोहर फाल्ने र स्थायी रुपमा फोहर फाल्नका लागी साईड खोज्ने सहमती अनुरुप २०७९ पुसबाट फोहर फालिदै आएको थियो ।

तिन महिनाका लागी फोहर फाल्ने ठाँउ दिईएपनि बर्ष दिन बितिसक्दा समेत बैकल्पीक रुपमा फोहर फाल्ने ठाँउ नखोज्नु नगरपालिकाको कमजोरी रहेको स्थानीय युबा सुरत तमौलीले बताउनुभयो ।

गाउँ जाने बाटोमै फोहर फालिनुले दुर्गन्धका कारण आवत जावतमा समस्या हुनुका साथै जंगली जनावरको समेत आतंक फैलिने खतरा बढेको छ तमौलीले भने —नगरपालिकाले बेवास्ता गरेपछि सडक आन्दोलन गर्न स्थानीय बाध्य छन ।

नगरपालिकाको फोहर फाल्ने ट्रकलाई आज स्थानीयहरुले फोहर फाल्नमा अबरोध पुयाएपछि ट्रफ फिर्ता गराएको छ । आन्दोलनकारीहरुले नगरपािलका घेराउ  ,नारा वाजी गर्दे आगामी दिनमा फोहर नफाल्ने प्रतिबद्धता जाहेर गराउन दबाब सिर्जना गरिरहेका छन ।



२०८० साउन २२ १५:४३ बजे

प्रतिक्रिया