मधेश प्रदेश राजधानीका शैक्षिक संस्थाहरु एक साताका लागि बन्द

bimbonline दिवेश कुमार महतो
२०८० साउन १९ १४:०६ बजे

 जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ ।मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले एक सुचना जारी गर्दै जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि जानकी आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका मा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

दिनेश कुमार महतो

२०८० साउन १९ १४:०६ बजे

प्रतिक्रिया