काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा एक जना सिकारी पक्राउ परेका छन् । कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको संयुक्त गस्ती टोलीले एक सिकारीलाई पक्राउ गरेको हो ।
दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउन्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल, सुकुटी ४ सय ग्रामलगायत सामान सहित सिकारीलाई पक्राउ गरेको हो । उनको साथबाट मोटरसाइकल १, मोबाइल ३ थान छालासहित काँचो मासु ७ सय ग्राम पनि बरामद गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले चोरी सिकारीबाट बरामद गरेको हातहतियारसहित बन्दोबस्तीका समान ।निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको सहायक संरक्षण अधिकृत संजय सञ्जेलले बताएका छन् । अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका नाम सार्वजनिक नगरिएको उनले जनाएका छन् ।
बारबर्दिया नगरपालिकास्थित मध्यवर्ती सामुदायिक वनमा चोरी सिकार गरेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया