वर्डाअध्यक्ष देखि प्रदेश नेतासम्म जुवाडे सवै गिरफ्तार

bimbonline बिम्ब अनलाइन
२०८० साउन १७ ११:२६ बजे

धनगढी। धनगढीको बसपार्कस्थित कलेल होटलबाट जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।डोटीको पूर्वीचौकी गाउँपालिका– २ का अध्यक्ष योगेन्द्र ठकुल्ला र सोही पालिकाको वडा नं. ५ का अध्यक्ष खडक साउद जुवाखालबाट समातिएका हुन्।पक्राउ पर्नेहरूमा होटल सञ्चालनक तेजबहादुर कलेलसहित अन्य कर्मचारी, शिक्षक तथा नेताहरू छन्। 

पूर्वीचौकी गाउँपालिका बस्ने एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का र सोही पालिका बस्ने माओवादीका प्रदेश कमिटी सदस्य धनबहादुर विष्ट पनि प्रहरी फन्दामा परेका छन्। पक्राउ परेका गोदावरी नगरपालिका–३ का कुवेर खड्का नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य रहेको खुलेको छ। 

डोटीको दीपायल सिलगढी नगरपालिकाका सुजित खड्का पनि प्रहरी नियन्त्रणमा छन्। उनी खानेपानी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ। यस्तै, पूर्वीचौकी गाउँपालिका–१ का पुरन बहादुर खड्का शिक्षक रहेको खुलेको छ। यस्तै, पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–३ का अमित बोहरा र सोही पालिकाको वडा नं. २ का अविनाश कठायत पनि छन्। जुवाडेहरु लाइ जनप्रतिनिधि र पार्टीले नेता वनाए पनि जुवा खेल्ने वानि मा परिवर्तन भएको छैन वरु वढेर गएको छ। जनप्रतिनिधिहरु नै अपराधकर्ममा लागे पछि नेता र अपराधि छुट्याउन जनताले सक्नु पर्ने जानकारहरु वताउछन।

जुवाखालबाट एक लाख ४ हजार ८१० रुपैयाँ र तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपवी कुलदीप चन्दले जानकारी दिए।उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध आज मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइनेछ।


२०८० साउन १७ ११:२६ बजे

प्रतिक्रिया