प्रधानमन्त्रीले बिचौलिया, दलाल र माफियाहरू परिचालन गर्छन्-डा. गोविन्द्र के.सी. अभियन्ता

bimbonline बिम्ब अनलाइन
२०८० साउन १५ १५:५९ बजे
डा. गोविन्द्र के.सी.

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्रीले आफैँ बीचौलिया, दलाल र माफियाहरू परिचालन गर्ने गरेको आरोप लगाएका छन् ।सोमबार पत्रकार सम्मेलनमार्फत डा. केसीले जनुसुकै पार्टीका प्रधानमन्त्री आए पनि माफियालाई सजिलो हुने गरी काम गरेको बताए ।

पछिल्लो समय सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच चर्किएको द्वन्द्वको प्रसंगमा डा. केसीले भने,यी जनताका होइनन् कि माफियाका प्रधानमन्त्री हुन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्रीकै क्वाटरमा एक माफियाले जागिर खाइदिने धम्की दिएको भन्दै डा. केसीले प्रश्न गरे, “प्रधानमन्त्रीकै कोठामा बसेर त्यस्तो बोल्ने आँट तिनलाई किन आयो ? त्यो माफिया बोलेको होइन, स्वयं आयोगका अध्यक्ष प्रधानमन्त्री बोलेका हुन् । किनकि, प्रधानमन्त्रीहरु बिचौलिया, दलाल र माफियाहरू परिचालन गर्छन् ।”

यसअघिका प्रधामन्त्रीहरुले पनि मेडिकल माफियालाई सहज हुने गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रयास गरेको तर नसकेको उनको आरोप छ ।



२०८० साउन १५ १५:५९ बजे

प्रतिक्रिया