स्वास्थ्य चौकी भन्दा गुणस्तरिया सेवा डडेल्धुरा अस्पतालमा सेवाग्राहिको तिब्र असन्तुष्टी

सत्तासिन पार्टीका नेताहरुले राज्यका सँवैधानिक पद , राजनितिक नियुक्तिमा सक्षम इमान्दार व्यक्ति लाइ भन्दा लाभग्राहि पात्र लाइ नियुक्ति गर्ने गरेका कारण सँस्थान ,अस्पतालको अवस्था नाजुक हुने गरेको वताइन्छ।

bimbonline बिम्ब अनलाइन
२०८० साउन १५ ०८:३४ बजे

डडेल्धुरा । संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको सेवा प्रति सेवाग्राहि र स्थानीयहरू निकै असन्तुष्ट छन । डडेल्धुरा अस्पतालले शनिबार आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा स्थानीय सरोकारवाला निकायहरुले सेवा प्रति तिब्र असन्तुष्टी पोख्दै सुधार गर्न अस्पताल बिकास समितिलाई आग्रह गरेका छन । 

१९ जना विशेषज्ञ र १९ जना मेडिकल अफिसरको दरबन्दी छ । तर तिन जना चिकित्सकको भरमा अस्पताल धानीरहेको छ अनि कसरी सेवा प्रभाबकारी बन्छ त ? सेवाग्राहि पवित्रा सुनारले वताइन । किन दरबन्दी अनुसार डाक्टर ल्याउन सकेको छैन जवाफ चाहियो भन्दै स्थानीयहरुले अस्पताल प्रशासन र बिकास समिति प्रति लक्षित गर्दे के हेरेर बस्नु भएको छ ? के जिम्मेवारी छोड्नुहोस के डाक्टर ल्याउनुहोस यसरी जनताको स्वास्थ्यमाथी खेलबाड गर्न पाईदैन ।  अध्यक्ष पदका लागी मात्र सधै झगडा किचलो  र राजनितिक पावर को अभ्यास गर्दै आउनु भएको छ।

११ औं तहको मेसुको दरबन्दी छ आठौ तहका डाक्टरले निमिक्त मेसु भएर अस्पताल चलाईरहेका छन कसरी सेवा प्रभाबकारी हुन्छ स्थानीयको भनाई छ । ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा २९ जना सरकारको तर्फबाट, ६ जना अस्पताल विकास समितिको तर्फबाट र करारमा २६ जना र १ जना दैनिक ज्यालादारी गरी ६२ जना कार्यरत छन । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको छ ।१०९ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ५२ जना मात्रै कार्यरत रहेको अस्पतालको तथ्यांकले देखाएको छ । अहिले अस्पतालमा ४७ पद रिक्त छन । 

अस्पतालका निमित्त मेसु चेतराज भट्टले विभिन्न कारणवस डडेल्धुरामा डाक्टर आउन नमान्ने बताउनुभयो । उनले आफ्नै उदाहरण दिंदै भने– ‘म आउनु अघि पनि मलाई त्यहाँ काम गर्ने माहोल छैन, ज्यानलाई समेत खतरा हुन्छ भनिएको थियो । तर म बैतडीकै भएकाले केही नहोला भन्दै आएको हुँ । 

 चिकित्सकले अस्पताल बाहेक बाहिर पनि काम गर्ने गरेकोमा त्यो माहोल जिल्लामा नभएकाले उनीहरु नआउने अस्पतालको ठम्याई थियो । समिक्षा कार्यक्रममा बोल्नुहुदै पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले डडेल्धुरा अस्पतालको सेवा दैयनिय भएको बताउनुभयो । उनले व्यवस्थापन पक्ष निकै कमजोर भएको आरोप लगाउँदै अध्यक्ष हुन तछाडमछाड गर्ने तर चिकित्सक ल्याउन मतलब.नगर्ने प्रबृतीले अस्पतालको सेवा धारासायी भएको टिप्पणी गर्नुभयो । ‘हात भाँच्चिदा समेत रेफर गरिन्छ र डाक्टरको बानीव्यहोरा नै राम्रो छैन  सूचना माग्दा थुन्न लगाइन्छ अनि कसरी अस्पताल ठिक छ भनेर मान्न सकिन्छ । 

उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष खेमराज अवस्थीले पनि सेवाग्राहीले उपचार नपाएको गुनासो गर्नुभयो । करारका कर्मचारी भर्ना मात्रै गरिने अस्पतालका कारण सदरमुकामको व्यवसाय समेत खस्किएको उनले स्पष्ट पार्नुभयो । ‘सातै पहाडी जिल्लाका बिरामी आउने गरेकोमा अहिले सबै तराई झर्छन अस्पताल आफै बिरामी छ अनि सर्बसधारणको कसरी उपचार हुन्छ प्रश्न गरे । 

निर्माण व्यावसायी संघका अध्यक्ष भवानीदत्त अवस्थीले अस्पतालले निर्माण सम्बन्धीका टेन्डर नियम विपरीत खोलिने गरेको गुनासो पोखे । उनले पनि अस्पतालका कर्मचारीको रुखो व्यवहार र अस्पताल भित्र देखिएको राजनितिकरणको प्रभाबका कारण यो समस्या आएको बताउनुभयो  । नेकपा माओवादीका अमरगढी नगरपालिकाका नगर अध्यक्ष यादव ओझाले सूचना मान्दा प्रहरी बोलाएर आफुलाई थुन्न लगाएको स्मरण गराउँदै अस्पतालमा तोडफोड गर्नेलाई उन्मुक्ति दिएको गुनासो पोखे । सूचना अधिकारीलाई निवेदन दर्ता गराए । १५ औं दिन अस्पतालमा आए । डेढ घण्टा बसेँ तर सूचना पाएन उनले भने ‘उल्टै म सूचना माग्दा थुनिए । सामान्य नागरिकले सूचना माग गर्दा थुनिनुपर्ने अवस्था छ । तर अस्पताल तोडफोड गर्नेलाई पक्राउ किन गरिएन प्रश्न गर्नुभयो । नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको औल्याउनु भयो । 

विगतमा अस्पतालको अध्यक्ष पद लाइ स्थायी जागिर जस्तै वनाउदै पहिले कै व्यक्ति दोहरिने गर्दै गर्दा लक्ष्मण सिह अध्यक्ष भएका थिए भन्ने  उन लाइ वर्खास्त गरेर करुणाकर ओझा अध्यक्षमा नियुक्त भएकोमा अदालतको आदेशले लक्ष्मण सिह पुनः वहालि भए पनि उनका नाममा अर्को पक्षले मुद्दा गरे पछि उनी राजिनामा दिन वाध्य भइ पुनः करुणाकर ओझा नियुक्त भएको छन। सत्तासिन पार्टीका नेताहरुले  राज्यका सँवैधानिक पद , राजनितिक नियुक्तिमा  सक्षम इमान्दार व्यक्ति लाइ भन्दा लाभग्राहि पात्र लाइ नियुक्ति गर्ने गरेका कारण सँस्थान ,अस्पतालको अवस्था नाजुक हुने गरेको वताइन्छ।

२०८० साउन १५ ०८:३४ बजे

प्रतिक्रिया