ओखेडाको घर भत्काउने तिन जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० साउन १४ ०८:५६ बजे

वझाङ । बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सार्वजनिक जग्गामा घर निर्माण गरेको भए पनि कानुनको प्रक्रिया पुर्याएर सरकारी निकाय हटाउन सक्ने तर गाउँलेहरुले कानुन हातमा लिएर हटाउन नपाउने कानुनका जानकारीहरु वताउछन।

 सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो । त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए ।घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीयले गैरकानुनी रूपमा घर भत्काइदिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका थिए । पुट्केले आफ्नो नामको लालपुर्जा पनि सार्वजनिक गरेका छन् । उजुरीपछि प्रहरीले दुवै पक्षलाई प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेका छन। जातिय छुवाछुतका कारणले यो घटना घटाएका हुन वा अन्य कारणले छानविन हुदै छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएका छन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।


२०८० साउन १४ ०८:५६ बजे

प्रतिक्रिया