राष्ट्रपति पौडेलले गरे मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

bimbonline बिम्ब अनलाइन
२०८० साउन १२ १५:३२ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पारित भएर आएपछि राष्ट्रपति पौडेलले आज विधेयक प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।

सो विधेयक प्रमाणिकरणपछि अनुचित लेनदेनलाई (मिटरब्याज) कानुनको दायरामा ल्याउने बाटो खुले पनि मिटर व्याज पिडितले यो विधेयक पिडकको पक्षमा रहेको हुदा आफुहरु लाइ यो कानुन वाट न्याय प्राप्त हुन नसक्ने भनि आफ्ना आन्दोलनका कार्यक्रमहरु लाइ निरन्तरता दिदै आएका छन।


२०८० साउन १२ १५:३२ बजे

प्रतिक्रिया