समय चक्र - कविता

bimbonline बिम्ब अनलाइन
२०८० साउन १० ११:०० बजे

नेपालगन्ज।

यहि समाज सँग बाँच्नुपर्छ, रमाउनुपर्छ

यहि समाजसँग सँधै घुलमिल हुनुपर्छ

कहिलेकाहीँ बिरक्तिएपनि यहि समाजसँग 

घरीघरी जोडिनपर्छ काँध जोड्नुपर्छ ।

समाज गतिशील छ, परिवर्तनशील छ

चाहेर आफ्नै किसिमले अघि बढ्दैन

अनेक तत्वले प्रभाव पारिरहेको हुन्छ

एकनासले समाज कहाँ अघि बढ्छ र?


मौसम, हावापानी हुरीवतास घामपानी

सोच चिन्तन,बिचार दृष्टिकोण,सिद्वान्त

परिस्थिति, आन्तरिक एवं बाह्य कारण

यी सबै कारणले कोहि जोडिन्छन् होला

कोहि टुट्ने कोहि छुट्न जाने हुन्छन् होला ।


यसैले यि सबै जीवनक्रमका लहर हुन् 

कहिले लहर जोडिदा मानिस रमाउँछ

कहिले लहर छुट्दा या छुट्टिदा दुखि हुन्छ

यस्तो मौसमी परिवर्तन भैरहन्छ चलिरहन्छ

यसमा दुखि र चिन्तित कसैले हुनु पर्दैन

बिचलित र हडबडाउनु पर्ने कसैलाई देख्दिन ।


लेखक- नरेन्द्र देवकोटा हुनुहुन्छ।
२०८० साउन १० ११:०० बजे

प्रतिक्रिया