हरितपार्क निर्माण नभएको समाचार आए पछि पेश्की लिएको झण्डै ३३ लाख फिर्ता हुंदै, कार्वाहि भने अनिश्चित

डडेल्धुरा बन डिभिजन कार्यालयमा देखा परेको आर्थिक अनियमिताको घटना बाहिर आएपछि यो बिषयमा कर्मचारीहरु आत्तीएका देखिन्छन र उनीहरुले आज ३३ लाख बराबरको पेश्की रकम खातामा जम्मा गरेको कार्यालयका कर्मचारीहरु बताउन थालेका छन ।

bimbonline बिम्ब अनलाइन
२०८० साउन ५ २०:२० बजे

डडेल्धुरा, । डडेल्धुरा सदरमुकामबाट १ किलो मिटर टाढा हाईबे सडककै छेउमा निर्माण भएको २० लाख बराबरको हरित पार्कको कामले बन डिभिजन कार्यालय भित्रको ब्यापक आर्थिक अनियमितताका घटना छलाछुल्ल भईरहेका छन । यो घटना लाइ राष्टिय तथा स्थानिय अनलाइन,  पत्रपत्रिका, रेडियोहरुले समाचार प्रकाशन \प्रसारण गरेका थिए। 

बन डिभिजन कार्यालय डडेल्धुराका सहायक बन अधिकृत रणेन्द्र सिंहको नाममा २० लाख पेश्की देखिएको छ तर उक्त पेश्की बाफतको काम ३० प्रतिशत पनि भएको छैन उल्टै सम्पन्न गर्नुपर्ने हरित पार्ककको फोटो एकाएक समाजिक संञ्जालबाट भाईरलभएपछि बन कार्यालयले सम्पादन गरिरहेको काम प्रति झनै  आशंका बढाएको हो । हरित पार्कका नाममा गोरक्षनाथ मन्दिर परिसर भित्र बनाएको ट्रष्टले खिल्ली उडाएपछि चौतर्फी रुपमा बन डिभिजन कार्यालय प्रतिको बिश्वास घटेको छ । 

कर्मचारीकै नाममा पेश्की कामको पनि जिम्मा लिएर पेश्की रकम लिएर समयमै काम गर्न नसक्नुमा ति बन कर्मचारीको चरम लार्पवाही हो की काम नै नगरि बाँकी रहेको रकम गोजीमा राख्ने नियत त होईन सबैको आशंका छ । एक लाख भन्दा बढी पेश्की रकम कर्मचारीका नाममा दिदाँ माथिल्लो निकाय अथवा क्षेत्रिय बन निर्देशनालयबाट अनिवार्य अनुमती लिनुपर्ने हुन्छ तर त्यो सहमती नलिई कार्यालय प्रमुखकै आदेशमा पेश्की रकम लिईएको बुझिन आएको छ । 

प्रकृती एउटै छ जोगबुढामा निर्माण भएको ट्रे पार्क,योगा भबन,चौतारो,घेरबार लगायतको काम २० लाखमा सम्पन्न भएको देखिन्छ तर त्यो उपभोक्ता समितिबाट गरिने र यता जिल्ला सदरमुकाममकै छेउछाउमा हुने कामहरुको जिम्मा कर्मचारी बाटै गरिने बाध्यता डिभिजन बन कार्यालयलाई किन आई परयो यसको जवाफ दिनुपर्नेमा सरोकारवालाको जोड रहेको छ । 

डडेल्धुरा सदरमुकामको गोरक्षनाथमा भएको पार्क कर्मचारीको जिम्मा लगाएर काम नगरि रकम फ्रिज हुने अबस्थामा पुगाउने कर्मचारी माथी डिभिजन बन कार्यालयले कस्तो कार्वाहि गर्ला यो बिषय निकै चासो पुर्बक हेरिएको छ ? पार्कको मात्रै फ्रिज गरिएको छैन उग्रतारा मन्दिरको परिषर भित्र घेरबारका नाममा रणेन्द्र सिहको नाममा थप २० लाखको थप पेश्की रहेको देखिएको छ । त्यो रकमको काम पनि सुरु नै गरिएन त्यो रकम पनि फ्रिज भएको अबस्था छ अब भन्नुहोस यसको जिम्मा सम्बन्धित ब्यक्तिले लिने की फ्रिज भयो भनेर आलटाल गर्ने डिभिजन बन कार्यालयले जिम्मा लिने ? जिल्लाको बिकास निर्माणमा भएको घाटाको जिम्मा कसले लिने भनेर सरोकारवाला निकायले प्रश्न गरिरहेका छन । 

यसरी निर्माणको सरचनामा मात्रै कर्मचारीबाट लार्पवाही भएको छैन नियमितता गर्ने नियतमाथी नै आशंका छ एकजना कर्मचारीले भने बृक्षारोपणका नाममा समेत ब्यापक अनियमितता भएको देखिन्छ ।  बन कार्यालयमा देखा परेको आर्थिक अनियमिताको घटना बाहिर आएपछि यो घटनाका बिषयमा कर्मचारीहरु आत्तीएका देखिन्छन र उनीहरुले आज ३३ लाख बराबरको पेश्की रकम खातामा जम्मा गरेको कार्यालयका कर्मचारीहरु बताउन थालेका छन । कुरा पेश्की रकम लिएर काम समयमै नगरि फ्रिज गर्ने कर्मचारीमाथी कारबाही हुन्छ की हुदैन र कार्यालयभित्र देखिएको बेथितीका बिषयमा छानबिन हुन्छ की हुदैन आम प्रश्न बनेको छ ।


२०८० साउन ५ २०:२० बजे

प्रतिक्रिया