म पिडित पक्षको सरकारी वकील हुूँ- कविता

bimbonline नरेन्द्र देवकोटा
२०८० साउन २ ०९:१५ बजे

नेपालगञ्ज।

मानसिक एवं शारीरिक रुपमा,

पीडितको उपचार गराउने जिम्मेवारी, 

सरकारी वकीलको काँधमाथि नै हुन्छ, 

पीडितले पाएको न्यायको अनुभूति 

उसको मुस्कानबाट झल्किनुपर्छ

त्यो खुसि मनबाटै अनुभूति गरिएको हुनुपर्छ

अनुसन्धान गर्ने निकायसँग बोलिदिने, 

पीडित पक्षको हितमा लडि भिडिदिने 

यसर्थ भन्छु म सरकारी वकील हुँ ।


पीडकले पीडितलाई पुर्याएको हानी 

अनि नोक्सानीको क्षतिपुर्ति भराईदिने 

जिम्मेवारी पनि सरकारी वकीलमै हुन्छ

पीडितलाई समाजमा पहिलेकै ठाउँमा 

पुनर्स्थापितको जिम्मा पनि उसमै हुन्छ 

पीडितलाई पीडकका कारवाहीका बारे

भइरहेका गतिविधिको सूचना दिनु पर्ने 

जिम्मेवारी पनि सरकारी वकीलमै हुन्छ

यसर्थ पिडीत पक्षको म सरकारी वकील हुँ ।


पिडीतसँग सोधपुछ गर्ने निहुँमा झँझेट र 

भावनामा ठेस लाग्ने कुनै कुरा बोल्न हुँदैन,

पिडित र पिडितका परिवारको गोपनियता 

कायम राख्न सधैभरी प्रतिबद्व रहनुपर्छ 

यसर्थ पिडित पक्षको म सरकारी वकील हुँ ।


पिडित एक ठाउँबाट अर्को ठाउँमा जाँदा या 

बसउठको जीवनमा सुरक्षाको प्रत्यायभूति 

गराउने काम पनि सरकारी वकीलमै हुन्छ 

यसर्थ पिडित पक्षको म सरकारी वकील हुँ ।


देशमा शान्ति सुरक्षाको प्रत्यायभूति गराउने 

एवंम् धनजनको क्षति हुन नदिने तर्फपनि 

सरकारी वकीलकै जिम्मेवारी हुने गर्दछ 

अझै सरकारी धनमाल सम्पत्तिको संरक्षण, 

जग्गा जमिन प्राकृतिक स्रोत साधनको 

जगेर्ना र संवर्धनपनि गर्नु परिरहेको हुन्छ ।

यसर्थ पिडित पक्षको हितको लागि मात्र नभई

सार्वजनिक बिषयको पनि म सरकारी वकील हुँ ।


२०८० साउन २ ०९:१५ बजे

प्रतिक्रिया