डडेल्धुरा। वझाङ्गको सैनपसेला गाउँपञ्चाय वाट २०३५ सालतिर हामीहरुको परिवार सुखत र सहज जिवनको खोजिमा वसाइ सराइ गरी जोगवुडाको करेनीमा (हाल प.न.पा.८) वस्दै आएको थियौ।प्रारम्भिक शिक्षा लालपुर विधालय लामिगडा, निम्न माध्यामिक शिक्षा चन्दनी र माध्यामिक शिक्षा जोगवुडामा पुरा गरि उच्च शिक्षाका लागी महेन्द्रनगरमा पढ्न गए पनि विविध कारणले वहादुर सिह महताले पढाइपुरा गर्न सक्नु भएन। पारिवारिक अवस्थाले गर्दा लामो समय भारतमा पनि काम गर्नु भयो।
उहाँ सँग घास दाउरा गाइ भैसि वाख्रा चरनका साथै विधालयमा शिक्षा आर्जन गर्ने क्रममा जिवनका धेरै समय साथ सँगत गर्दै आएका थियो। स्थानियतह निर्वाचनको समयमा पार्टी कामको सिलसिलामा नै २०७५ साल असार १४ उहाँको निधन भएको थियो। उहाँको निधन भएको करिव ६ वर्षको अन्तराल पछि केहि स्मणिय घटनाको याद र सम्झना जिवनभर रहिरहने छन। जुन यस स्मरणमा उल्लेख गर्दै छु। हामी विधालयमा पढ्दा करेनी, डेवरी र लामीगडाको खोलामा ठुल-ठुला गहिरा तालहरु थिए। गर्मीका दिनमा स्कुल वाट फर्किदा नियमति पौडी खेल्ने गरेका थियो। माछाहरु पनि ठुल-ठुला हुने गरेका थिए। वहादुर सिह महता सँग-सँगै कहिले वल्छि,कहिले घनले ढुङ्गा माथि हानेर माछा मार्ने गरिन्थ्यो। गहिरो चिसो पानीको तालमा नुहाएर खोला किनारको तातो वालुवामा पल्टिएर घाम ताप्दाको मज्जा छुट्टै हुने गरेको थियो।
उहाँका सानै देखि निडर हक्कि स्वाभाव र प्रष्टवक्ता, स्पष्टव्यवहार थियो। भलिवल, कवडी दौड जस्ता खेलकुदमा विशेष रुची रहेको पाइन्थ्यो। जव २०४६ सालको राजनितिक परिवर्तन भयो। सो भन्दा पुर्व सायद २०४५ सालको अन्ततिर हुनु पर्छ हामीहरु भुमिगतरुपमा अखिल(पाचौँ)को विध्यार्थी सँगठनमा सँगठित भएका थियो। जोगुवडा पुन्तरामा काठ र खरका छानाहरुको (कतिपयका अभिभावकहरुले र कतिपय स्वयम विध्यार्थीले नै निर्माण गरेका) छात्रावासहरु थिए। भित्रिमदेशमा एक मात्र मा.वि.जोगवुडा पुन्तुरामा थियो। छात्रावासमा ठुल-ठुला विध्यार्थीहरु थिए। तिनवटा छात्रावासहरु थिए। एउटा ढुङ्अगा चिनाइ र टिनले छाएको (पञ्चायत घर), अर्को पाथरले छाएको ढुङ्गाको चिनाइ भएको थियो भन्ने अधिकाँश छात्रावास खर वा खजुराका पातहरुले छाएका छाना र काठको वार लगाएको भुइ तले थिए। वञ्चरोले काठ फाडेर निर्माण गरेका काठका फल्याक माथि केराका विमका वोक्रा चिरर सुकाएका डोरी वा पराल वाट निर्मित फिनामा वा फिना माथि दरी विछ्याए सुत्ने गरेका हुन्थ्यौ। पुन्तुरा रगुन खोलामा ठुल-ठुला ताल थिए। तालमा पौडि खेल्ने वा माछा मार्ने गरिन्थ्यो। वर्खामा पुन्तुरा खोलामा वटुवाहरु लाइ वारपार तराए वाफत पाँच - दश रुपिया दिने गर्देथ्ये।कक्षामा चालिस पचास जना विध्यार्थीमा केवल दुइ -चार जना मात्र छात्राहरु वाकी सवै छात्रहरु हुने गरेका थिए।
२०४६ सालतिर वहुदल आए पछि पार्टीहरु सँगै विध्यार्थी सँगठन पनि खुल्ला भए २०४६ सालको अन्ततिर जोगवुडा ठानाको ठानेदारले दमन नेगी दाइका आफन्त वाट मुद्दाको क्रममा दुइ -ढाइ तोला सुन घुस वाफत लिए पछि सो घटनाका वारे सँगठनमा छलफल भयो र त्यो ठानेदार लाइ समातेर कालोमुसो दल्ने र सुन फिर्ता लिने भन्ने सँगठनको सल्लाह अनुसार सुरुमा केहि साथीहरु जोगवुडा ठानामा जानु भयो। ठानेदार राती भाग्दै छ भन्ने सुचना ल्याए पछि वहादुर सिह महता समेत २०्-३० जना विध्यार्थीहरु लालढुङ्गा वजार भन्दा अगाडीको खहरे खोलामा र केहि विध्यार्थीहरु सरगौडा जाने वाटोको जङ्गलमा रातभरी ढुङ्गा माथि सुकेका सालका पात विछ्याएर ढुक्कि वसियो तर त्यो ठानेदार छुकिछिपि रातारात तातापानी प्रहरी चौकीको मदतमा महाकाली तरेर भागे छन।
२०४६ सालमा वहुदल घोषणा भए पछि विभित्र पार्टीका नेता कार्यकर्ताहरुले आमसभा गरी आफ्ना कुरा राख्ने क्रममा जोगवुडा लालढुङ्गामा शेर वहादुर देउवाको सभा थियो।शेर वहादुर देउवाको सभा भइरहेको समयमा अखिलका विध्यार्थी नेता इश्वरी वमले टेप्रिकटमा क्यासेट हालेर कान्तिकारी गित र कम्युनिष्ट नेताका भाषण ठुलो आवाजमा वजाउन थाले पछि सो गित र भाषण सुन्नका लागी शेर वहादुरको सभा छोडी टेप्रिकट वरिपरि मान्छेका हुल हुल झुम्मिन थाले पछि काग्रेसका लठएतहरु ( लामो रौ पालेका ,कानमा मुद्रा लगाएका ) व्यक्तिले इश्वरी वम लाइ किन हाम्रो कार्यक्रममा टेप्रिकटमा क्यासेल वजारको भनि हातपात कुटपिट गरिहाले।हातपात गर्नेमा दान वहादुर खाती पनि थिए यिनको कुटाइ वाट शरिर भरि निलडाम भएका अखिलका नेता इश्वरी वँम छात्रावासमा आइ घटनाको विवरण सुनाए पछि छात्रावासमा वस्ने वा अन्य ठाउँमा वस्ने सवै अखिलका विधार्थीहरु यो घटनाका वारे शेरवहादुर देउवा लाइ भेटेर कुरा गर्ने भनि एक सयका आसपासमा विध्यार्थीहरु पुन्तुरा वाट सरगौडा हुदै छेलाकोकुडामा पुगे पछि शेर वहादुर देउवा परिगाउँको कार्यक्रम छोट्याएर लुकिछिपि सादनी पुगेका रहेछन। हामी सवै विध्यार्थीहरु सो दिनको राती भोकै चन्दनी स्कुलका खुल्ला कोठाका वेञ्चहरु लाइ ओछ्यान वनाएर सुत्यौ।
दोस्रो दिन विहान सवै विध्यार्थीहरु लामवध्द भइ चन्दनी स्कुल वाट सादनी चौराहमा पुग्न लाग्दा सादनी चौराहमा तिवारी थरको एक जना स्वास्थ्यकर्मीले मेडिकल राखेका थिए। सोहि मेडिकल घरमा राती वास वसेर विहान हातमा वोतल लिएर सौच गर्न जादै गरेको लामो पातलो शरिर कालो अनुहार भएको व्यक्ति शेर वहादुर देउवा रहेछन। हाम्रो टिमका सार्थीहरुले शेर वहादुर आफै घटनाको सम्वन्धमा हाम्रो टिम सँग कुरा गर्न आउदै छन भने पछि हामी खुल्ला दुवोको चौरमा शान्त रुपमा पर्खेर वसिरहेका थियौ।
केहि समय पछि लामो पातल शरिर कालो अनुहार भएको व्यक्ति सहित पाँच छ जना व्यक्तिहरु एकातर्फ र अर्को तर्फ पहिलो हरफमा विध्यार्थी नेताहरु राम सिह धानुक, इश्वरी वंम ,वहादुर सिह महता र पछिल्लो हरफमा करिव सय जना विध्यार्थीहरु खुल्ला सादनी चौरमा अधिल्लो दिनको कुटपिटको घटनाका वारेमा छलफल गर्दा शेर वहादुर देउवाको टिमले इश्वरी वंम लाइ हातपात कुटपिट गर्नु कमजोरी भयो । उप्रान्त यस्ता घटना हुने छैनन भन्ने प्रतिवध्दता जनाए पछि दुवै पक्ष विच सहमति भएर घटना सामसुम भयो। विध्यार्थीहरु सवै जना आ-आफ्नो छात्रावासमा फर्कियौ। नियमित पढाइमा सहभागी भयौ।
त्यतिवेला छ देखि दश क्लास सम्मका सवै कक्षा कमिटी, छात्रावासमा छात्रावास कमिटी विधालयमा प्रारम्भिक एकाइ कमिटी अखिलको थियो। छात्रावासमा वस्ने सवै साथीहरुले विहान साँझ खाना पकाउदा एक-एक मुठ्ठी चामल सँगठन लाइ छुट्याउने र सो चामल वेचेर प्रगतिशिल कितावहरु किनेर अध्ययन गर्ने गरेका थियो। सँगठनका साथीहरुमा इमान्दारिता, नैतिकता ,विश्वास र अध्ययन गर्ने वानी उच्च स्तरको थियो। कहि कतै अन्याय र अत्याचार भयो भने जनताले समेत विध्यार्थी सँगठन मा उजुर गर्दथे। प्रहरी प्रशासन विधार्थी भन्ने पछि हच्चकिने गर्दथे। अधिकाँश विधार्थीहरु वामपन्थि राजनितिक चेतना र विचार वाट प्रशिक्षित थिए।
प्रतिक्रिया