डोटी। उ बेलाको S.L.C. र आजभोलिको SEE परिक्षाको स्तर एउटै मानिन्छ । नतिजा परिणाम भने अहिलेको SEE को विभिन्न मापन गरिएको छ। उ बेलामा ३२- ४५ नम्वर नकटेका बिध्यार्थीको एउटा मापन, ४५ -६० नम्वर नपुगरेकाको एउटा मापन ६० नम्वर वा सो भन्दा माथिको अर्को मापन हुन्थ्यो ।
बिध्यार्थी जो जसले जति अंक र मापन ल्याएपनि सैद्धान्तिक र ब्यवहारिक ज्ञानमा खारिनु पर्दछ । ३२ नम्वर देखि माथि ४५ नम्वर नपुगेका बिध्यार्थीहरु Telante नमानिए पनि मेहिनति बिध्यार्थीको कोटामा पर्थे ।
उतिबेलाका बिध्यार्थी एस. एल. सि. पास भएपछि अब्वल नतिजा ल्याउनेहरु Charter accounts, MBBS , Enjenearing Agriculture, Forestre र Law जस्ता बिषय लिने गर्दथे । उसो त अब्वल नंवर ल्याउने बिध्यार्थीहरु पनि कानून, मानविकी, शिक्षा, ईतिहास, आर्किटेक्चर, प्रशासन, लेखा राजनीति शास्त्र बिषय लिई अध्ययन गर्नेको ठुलो र लामै लर्को हुन्थ्यो । अलि पुँजि र आर्थिक स्रोत हुनेहरु महँगा बिषय पढ्थे भने आर्थिक स्रोत कम भएका अविभावकका चेलाचेली अलि कम खर्चिलो बिषय अध्ययन गदर्थे ।अहिले देशमा तुलनात्मक रुपमा भन्दा अब्वल नंवर ल्याएर पास गर्ने बिध्यार्थीहरुले भन्दा अव्वल नंवर नल्याएर पनि पास गर्ने बिध्यार्थीहरुले देशको राजनीति, प्रशासन, राजस्व र काननूका क्षेत्र संचालन गरेको देखिन्छ ।जसले, जहाँ, जहिले, जुन क्षेत्रमा काम गरेका भएपनि ती बिध्यार्थीहरुमा Attitude, Behaviour, Characters , Discipline, ethics, Truthful अर्थात प्रबृत्ति, स्वभाव,चरित्र अनुशासन नैतिकता सत्यता सदाचार भातृत्व समन्वयकारी भूमिका, कर्तब्य-परायण, जिम्मेवारीबोध गर्ने, दायित्व पालन गर्न सक्ने जस्ता कुरामा ज्ञान हासिल गर्न जरुरी हुन्छ ।
त्यस्तो खालको ज्ञान, क्षमता दिक्षित गराउने गुरुहरुमा अभाव भएको हो वा बिध्यार्थीहरुलाई दिक्षित गराउन नसकेको हो वा बिध्यार्थीहरुले त्यस्तो खालको ज्ञान हासिल गर्न नसकेका हुन् जुन कुरा नेपालको कानून, प्रशासन, राजस्व, ईन्जिनियर, स्वास्थ्य, सुरक्षा, शिक्षा क्षेत्रमा काम गर्ने उच्च पदस्थ कर्मचारीहरु लगायत मातहतमा काम गर्ने कर्मचारीमा पनि अभाव देखियो ।
यसैगरी राजनीतिक क्षेत्रमा लागेर नेतृत्व गर्ने नेतृत्वकर्ताहरु र राजनैतिक कार्यकर्ताहरुमा समेतमा अभाव देखियो । उसो त कर्मचारीले काम गर्ने प्रशासन र नीति निर्माण गर्ने राजनीति क्षेत्रमा नेतृत्व कर्ता सबैमा अनुशासन ,नैतिकता चरित्रवान पटक्कै नभएका भनेर भन्न खोजिएको पनि होइन, तर जति हुनुपर्ने थियो त्यति भएको देखिदैन ।
यो तथ्य भावनामा बगेर भनेको होईन , जुन कुरा हाम्रो देशको भौतिक बिकासको तथ्यांक, राजनीतिक क्षेत्रमा भएको अभ्यास, न्यायालयमा देखिएको गतिविधि, कर्मचारीतन्त्रप्रति जनताको बिश्वास र सोच, देशमा बढ्दै गएको भ्रष्टाचार, देशको आर्थिक अवस्था, रोजगारीको अवस्था, कृषि र औधोगिक क्षेत्रमा देखिएको अवस्था देशमा हुने उत्पादन, निर्यात र आयातको सूचक,देशको ग्राहस्थ उत्पादन र उत्पाकत्व क्षमता आदि कारणले देशले साँच्चिकै ईमान्दार चरित्रवान र नैतिकवान ब्यक्तिहरु नपाएको भन्ने अवस्था देखिन्छ ।
निश्कर्षमा भन्नुपर्दा कुन बिध्यालयका बिध्यार्थीहरुले कति नंवर र जिपिए ल्याई पास गरे भन्दा पनि दिक्षित गराउने गुरुहरुले कस्तो शिक्षा दिनु भएको छ र बिध्यार्थीहरुले पनि कस्तो गुणात्मक, चरित्रवान, नैतिकवान, अभ्यासमुखि ब्यवसायिकमुखि ज्ञान, शिक्षा हासिल गरेका छन् जुन कुरा भविष्यले निर्धारण गर्नेछ । आफ्ना बिध्यार्थी र बाबू -नानीहरुले धेरै राम्रो नंवर र मापन सूचि ल्याएछन् भनी मख्ख परिहाल्ने अवस्था आएको छैन, अझै धेरै निगरानी राख्नु र ध्यान दिन जरुरी छ।
प्रतिक्रिया