अबरुद्ध सडक नखोल्दा बाटोमै बच्चाको जन्म, परशुराम नगरपालिकाको अकर्मन्यता

bimbonline बिम्ब अनलाइन
२०८० असार २८ ११:५१ बजे

डडेलधुरा।डडेलधुरा परशुराम नगरपालिका वडा न.८ जमरानी गैरिगाउ कि मिना लुहारले हिजो राती बाटोमै नबजात शिशुलाइ जन्मदिएकी छन ।

जमरानी गैरिगाउ कि मिना लुहार लाई सुत्केरी ब्यथा  लागेपछी अस्पताल लैजानु पर्छ भनेर आफन्तजनले जोगबुडा अस्पताल लैजान सवारी साधन संचालक लाई बाटो भएसम्म आइदिन आग्रह गर्दा बाटो अबरुद्ध भएकाले आउन नसक्ने बताएपछि स्टेक्चरमा बोकेर सादनी स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै बच्चालाई जन्मदिएको कुरा सहयोगि महिलानेत्री कबिता धमलाले जानकारी दिनु भयो

पटक पटक नगरप्रमुखले गर्भवती महिला लगायत बिपदमा परेका सेवाग्राही लाई  सडक संजाल भएका ठाउँबाट एम्बुलेन्स सेवा २४सैँ घन्टा उपलब्ध रहेको भन्ने अभिव्यक्ति दिदै आइरहे पनी सेवा बाट बन्चित हुनु परेको वडा न.६ का भुपेन्द्र धामिले गुनासो गर्नु भयो

जमरानी सम्म नभएपनी गाइबादे डेबरी सम्म बाटो संचालन भैदिए अलि राहत हुने थियो ।वडा  र नगर पालिकाले समयमा नै ध्यान दिएको भए आज यस्तो दुःख पाउने थिएनौ र स्थानिय तह लाई सडक मर्मत गरिदिन अनुरोध गरेपनी सुनुवाइ नभएको कबिता धमला ले बताउनु भयो।

सडक संजाल जोडिएका वडाहरुमा सामान्य रुपमा पानीपर्दा समेत बाटो अबरुद्ध हुदा नगरपालिकाले समयमै खोल्न सक्दैन त्यही लापरबाहीले सेवाग्राही ले सास्ती ब्यहोर्दै आइरहेका छन ।अहिले सामाजिक संजालमा नगरपालिकाको चर्को आलोचना भै रहेको छ 

नबजात शिशु र आमाको हिजो राती देखि सादनी स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मीको रेखदेखमा रहेको र आज बिहान एघार बजे घर पठाइ सकेको स्वास्थ्यकर्मी रमेश जोशिले बताउनका छन।


२०८० असार २८ ११:५१ बजे

प्रतिक्रिया