सिराहामा प्रहरी जवानलाई नै यातना

bimbonline बिम्ब अनलाइन
२०८० असार २७ १४:४८ बजे

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिराहामा एक जना प्रहरी जवानलाई यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिइएको घटना बाहिरिएको हो ।

घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ । हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्धृत गर्दै उनका भाइ रजनिस रायले बताए ।

दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई यातना दिएको भाइ रायले बताए । उनका भाइले दाइ १२ घण्टा यातना दिएको बताएका छन् ।

उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रस्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिएका एसपी लिम्बुले बताएका छन् । एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिराहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।

२०८० असार २७ १४:४८ बजे

प्रतिक्रिया