महोत्तरीमा बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० असार २७ १२:३१ बजे
arrested

काठमाडौँ । बहुविवाहको आरोपमा महोत्तरीमा वडाध्यक्ष पक्राउ परेका छन् । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वार्ड नं–४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०८० असार २७ १२:३१ बजे

प्रतिक्रिया