धादिङमा सिम्ले हैजा

धादिङमा सिम्ले हैजा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १४:५५ बजे
सिम्ले हैजा

 काठमाडौं। धादिङको थाक्रे गाउँपालिका(२ सिम्लेकी एक महिलामा हैजा देखिएको छ । घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि  टेकु अस्पताल काठमाण्डौ पुर्‍याइएकोमा हैजा पुष्टि भएको  हो । 

सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले  बताएका छन्

हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा  खटाइएको छ ।

पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले  बताएका छन् ।  

२०७९ साउन ३१ १४:५५ बजे

प्रतिक्रिया