काठमाडौँ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड १९ घण्टादेखि अवरुद्ध रहेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको हो ।
अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन काम भए पनि पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन छैन ।
बिहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठुलो पहिरो झरिरहेको छ ।
सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरूको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।
प्रतिक्रिया