यात्रा अनि घुम्ती

bimbonline बिम्ब अनलाइन
२०८० असार १३ ०८:४५ बजे

डोटी।

प्रयासबाटै तोते हुँदै शुद्व सँग बोल्ने भएँ

लड्दैपड्दै बामेसर्दै हिड्न कुद्न सक्ने भएँ

यत्तिमै खुसि रहँदा हिमाल चढ्न अधुरा रहे

ठाकुरज्यू रारा खप्तड बडीमालिकासम्म पुगेँ ।


पूर्वराजबिराज छिन्नमस्ता षोडषा कलौनी पुगेँ

चवरा चौतारा धरान बुढासुव्वा जोगवनी पुगेँ

पश्चिम बैतडी पाटन त्रिपुराशुन्दरी झुलाघाट अनि

घोडाघोडी महाकाली चाँदनी दोधारा लिङ्गा पुगेँ ।


अमरगढी तुफानडाँडा उग्रातारा घटाल बाबा

साँफे मँगलसेन जैगढ दर्ना र रामारोसन पुगेँ

सेतीको शेरोफेरो डोटी शैलश्वरी पुर्विचौकि अनि

के आई सिंह, वाइल, बोगटान फुड्सिल पुगेँ ।


बिदेश घुम्ने अवसरहरु आए नआएका होइनन्

कोरोनादेखि घरायसि समस्याले छोडेका होइनन्

तैपनि नयाँदिल्ली ताजमहल लख्नौ जोगवनी हुँदै 

रुपैडिया पुर्णागिरी सुनवल कलौनी घुमेर भ्याँए ।


यी यात्रा सँगै कर्णाली नदी मात्रैमा सिमीत भईन

पश्चिममा भेरी सेती र महाकाली पूर्व कोशीसम्म

बिचमा पर्ने बटौली बागमती कमलामाई नदी अनि

पाल्पा गुल्मी तम्घासको सँगम रिडी गण्डकीे पुगेँ ।


रमाइला पक्षसँगै कठिन घुम्तीपनि छिचोलेको छु

चुनौतीका वारहरु हाँसि, हाँसि पार लगाएको छुँ

जानीजानी दुःख दिनेलाई कानूनबाटैे मुक्का दिएँ

नबिर्सिने गुन लाउने पनि छन् उहाँप्रति कृतघ्न छु ।



२०८० असार १३ ०८:४५ बजे

प्रतिक्रिया