कार्बन–न्यूट्रल नभै सुखै नपाइने बिश्वको यथार्थ कुरा

bimbonline बिम्ब अनलाइन
२०८० असार १२ ०८:०९ बजे
लोक नारायण सुवेदी

काठमाण्डौ।आज बिश्वका अधिकांश देशहरुले भयंकर जलवायु संकटका बीच यस यर्थाथलाई स्वीकार गर्न बाध्य बनेका छन् कि कुनै अबेर नगरीकन अब कार्बन–न्यूट्रल बन्नै पर्ने छ । यसो नगरीकन अन्तर्राष्ट्रिय कारोबारमा परस्पर भौतिक सम्पर्कममा रहने स्थितिबाट पनि अलग्गिने र एक्लिने स्थिति बन्छ । यस प्रकारको स्थिति आउन दिइनु हुँदैन भन्ने सबैलाई लागिरहेकै  छ । यस सम्वन्धमा यूरोपेली संघ, जापान, गणतन्त्र कोरिया समेत  बिश्वका ११० भन्दा बढी देशहरुले आगामी २०५० सम्ममा कार्बन न्यूट्रालिटी प्राप्त गर्ने बचनबद्धता ब्यक्त गरिसकेका छन् भने चीनले २०६० र भारतले शायद २०७० सम्ममा कार्बन न्यूट्रल बन्ने भएका छन् । 

यूरोपेली संघले त त्यस्ता आयातहरुमाथि ‘कार्बन कर’ लगाउने सोच पनि बनाइरहेको छ कि जुन आयातको निर्माण ‘थ्रेसहोल्ड भ्याल्यु’भन्दा बयी उत्सर्जन हुन्छ । यस्तो स्थितिमा बाध्यताबस नै सही बिभिन्न देशहरुले आफ्नोमा जीबांश इन्धनको उत्पादन, उपभोगमा कडाभन्दा  कडा नियम लागु गरिरहेका छन् । त्यस अन्तर्गत प्रतिष्ठानहरु, उद्यमहरु या सेवाका क्षेत्रका प्रदाताहरुले बिभिन्न  गतिबिधिहरुलाई जारी राख्नका लागि या त सफा ऊर्जा श्रोतहरुको बिकल्प अबलम्बन गर्नु पर्ने हुन्छ अथवा प्रौद्योगिकीका गतिबिधि र पद्धतिहरुलाई शून्य कार्बन डाइअक्साईड उत्सर्जन अनुकूल तुल्याउनु पर्ने हुन्छ । डि–कार्बनाइजेशन या कार्बरहीत हुनु यसकारणले पनि आवश्यक हुन गएको छ कि बिश्वमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियशमै स्थिर राख्न आज एकदमै महती आबश्यकता बन्न गएको छ । यति हुँदा हुदै पनि कोइला समेत जीवाश्म (फोसिल्स) इन्धनहरु प्राय सबैले निर्बाध उपयोग गर्ने छुट चाहन्छन् । यद्यपि आईपीसीसी(-ntergovernmental Panel on Climate Change) को के मान्यता छ भने पृथ्बी गर्मी हुन  कूल कार्बन उत्सर्जनको अनुपातिक हुन्छ 

बर्तमानमा बायुमण्डलमाा कार्बन डाई अक्साईडको सघनता बढ्दै नै गइरहेको अध्ययनकर्ताहरुको निष्कर्श छ । अमेरिकी संस्था एनओएए(National Oceanic and Atmospheric Administration_)का अनुसार मई २०२३ मा वायु मण्डलमा मासिक कार्बन डाई अक्साईडको सघनता रेकर्ड उच्चाईमा पुगेको थियो जुन पूर्ब औद्योगिक कालभन्दा ५० प्रतिशतले बढी थियो । बिश्वमा करीब ८५ प्रतिशत ऊर्जा जीवाश्म इन्धन कोइला, पेट्रोलियम र ग्यासबाट प्राप्त गर्ने गरिन्छ । पेट्रोलियम तथा ग्याससँग जोडिएका उद्योग त छन् तर फलाम, इस्पात, अल्मोनियम, सिमेण्ट, बिद्यूत, हाइड्रोजन, मलखाद, रसायनका उद्योगहरु पनि कार्बन इण्टेन्सिब छन् । स्टिल,सीमेण्ट, रसायन क्षेत्रका उद्योहरुबाट वायुमण्डलमा करीब २० प्रतिशत कार्बन डाई अक्साईड उत्पन्न हुनपुग्दछ । ठूल्ठूला उत्सर्जन कटौतिको हरेक क्षेत्रमा अत्यन्तै आवश्यकता छ । कार्बन  डाई अक्साईडलाई त वायुमण्डलबाट हटाइनै पर्दछ । तर केवल बोट बिरुवा वा रुखको जिम्मामा मात्रै कार्बन डाई अक्साई चुस्ने या सोसेर लिने काम सुम्पेर मानिसले जलवायु संकटको सामना गर्न सक्तैन । बृक्षले कार्बन डाई अक्साईडको उपयोग फोटोसिन्थेसिस तथा बायो–मास बढाउनमा अबश्य गर्दछन् । यसकारणले तिनले बायुमण्डलबाट कार्बन डाई अक्साईड हटाउनमा प्रभावी भूमिका खेल्दछन् । तिनबाट जमीन भित्र पनि कार्बन भण्डारण समेत हुन्छ । बहुतै धेर बायो–मास बढाउनु पर्ने हुन्छ । जंगलहरुमा आगलागि हुने जस्ता घटना पनि हुने गर्दछन् । हुनत ठूल्ठूला कम्पनीहरु, एयरलाईन्सहरु आदिले पनि जंगलबाटै कार्बन  क्याप्चर कै सहारा  लिइरहेका छन् । तिनले आफ्ना ग्रीनहाउस ग्यासको उत्सर्जनलाई न्यूट्रलाइज गर्ने, नेट शुन्य(जिरो) उत्सर्जनको लक्ष प्राप्त गर्नका लागि पनि यसैको सहारा लिइरहेका छन् ।

यसै बर्षा २०२३ को संयुक्त राष्ट्र संघको जलवायु सम्बन्धि बार्ताहरुको नेतृत्व गर्नका लागी घोषित कोप – २८ का मनोनित अध्यक्ष यूएईका उद्योग तथा एडभान्स टेक्नोलोजी मन्त्री डा. सुल्तान अल जबेरको एकदम खुलस्त भनाई छ जलवायु गणित जोड जाडका केही कुरा हुदैन यदि  त्यसमा कार्बन क्याप्चरको प्रकृयामा सामेल गरिदैन भने । बैकल्पिक ऊर्जाका सौर्य या पवन ऊर्जाको उपयोग पनि  गर्मी कम गर्नमा त्यत्तिको प्रभाकारी हुन सक्तैनन् । ११ मई २०२३ का दिन १५०० भन्दा बढी बिश्व नीति निर्माताहरु, औद्योगिक इनोभेटर्सहरुलाई यूएई क्लाइमेटको कन्फरेन्समा सम्बोधित गर्दै उनले भनेका थिए कि हामीले तीब्ररुपमा प्राबिधिक समाधानको खोजी गर्नै पर्दछ, जसले आर्थिकीलाई डिकार्बनाइजेशन गरोस् । उत्सर्जनहरुलाई आईपीपीसी प्रतिबेदनका अनुसार २०३० सम्ममा कम्तिमा ४३ प्रतिशत कम गरिनु पर्दछ । अहिले अमेरिकी बाइडेन प्रशासनले पनि अमेरिकाका पावर प्लाण्टका अपरेटर्सहरुलााई प्रष्ट निर्देशन दिएको छ कि उनीहरुले उत्सर्जन रोक्ने उपाय गर्नै पर्दछ  । अमेरिकाका जलवायु राजदूत केरीले पनि भनिसकेकी छन् कि समय आइसकेको कि अब तेल तथा ग्यास उत्पादनकर्ता, जसले के भन्दछन् भने उनीहरुले त्यस प्रबिधिमा महारत हासिल गरिसकेका छन् जसबाट उनीहरुको जीबाश्म इन्धन निकाल्ने तथा त्यसको उपभोग गर्ने कुरामा बिश्व गर्मी बढ्ने स्थिति अझ अरु नबिग्रियोस् भन्ने कुरा उनीहरुले सिद्धगरेका छन् कि यस्तो प्रबिधिलाई किफायत दरमा ब्यापकरुपमाा उपयोगमा ल्याउन सकिन्छ र अझ तीब्रताकासाथ जलवायु संकटलााई टार्न पनि सकिन्छ ।त्यहाँ तरल नेचुरल ग्यासका उत्पादकहरु पनि दाबी गरिरहेका छन् कि उनीहरुले डिकार्बनाइजेशन प्रबिधिमा ठूलो लगानी नेचुरल ग्यास बढीभन्दा बढी उत्पादन गर्दै जीरो ग्रीन हाउस उत्सर्जनसम्म  पनि पुग्नेछन् । अमेरिकामाा कूल कार्बन डाई अक्साईड उत्सर्जनमा पावर प्लाण्टहरुबाट ३१ प्रतिशत उत्सर्जन हुने गर्दछ । त्यहाँको सर्बोच्च अदालतले पनि भनिसकेको छ कि कार्बन डाई अक्साईड एउटा प्रदूषक हो । अब पावर प्लाण्टहरुले या त आफुलाई बन्द गर्नु पर्दछ या कम कार्बन उत्सर्जनलाई पालना गर्नु पर्दछ या कार्बन क्याप्चर कम गर्ने सीसीएस बचन दिनु पर्दछ ।

सीसीएस अर्थात कार्बन क्याप्चर एबं स्टोरेज प्रबिधिमाा औद्योगिक प्रकृयाा पद्धतिहरुभन्दा पहिला कार्बन डाई अक्साईडलाई पक्रिएर बाहिर निकालिने गरिन्छ । अनि फेरि त्यो पक्रिएको कार्बन आई अक्साईडलाई जमिन मुनि धेरै गहिरोमा शेल पत्र यि सागरको तल्लो सतहमा या पुरानो सुप्त रहेको ज्वालामुखीमा पनि भण्डार गर्ने गरिन्छ । त्यस्तो भण्डारणका लागि त्यसलाई पाइपलाईनबाट स्थानान्तरण पनि गर्नु पर्ने हुन्छ । तर जबसम्म कार्बन डाई अक्साईड निकै बढी हुँदैन सीसीए प्रबिधि अपनाउनु ब्यबसायिक हिसाबले लाभकारी नहुनसक्छ । उदाहरणका लागि पावर प्लाण्टहरुमा एथनोल या अमोनिया जस्ता अन्य औद्योगिक उत्पादनहरुको सापेक्ष कम कार्बन डाई अक्साईड  पैदा हुने गर्दछन् । कार्बन क्याप्चर्स टेक्नोलोजीबाट पावर प्लाण्टहरुबाट कोइला या ग्यासभन्दा सफा बिद्यूत त निश्चय नै पैदा हुन्छ तर त्यो उपभोक्ताका लागि डेढदेखि दुइ गुणा महँगो पर्न सक्कछ । तरीका जुनसुकै होस् कार्बन डाई अक्साईड उत्सर्जनलाई कमभन्दा कम गर्नै पर्ने हुन्छ तब मात्र संसार बाँँच्दछ । यसमा सफलता चार साधनबाट हुन्छ – बिबेक, श्रम, आत्मबल  र ब्यबहारिकता । यसमा ध्यान केन्द्रित गर्नै पर्दछ ।


२०८० असार १२ ०८:०९ बजे

प्रतिक्रिया