डडेल्धुरा । धनगढीबाट मालवाहक ट्रक निर्माण सामाग्री सिमेन्ट बोकेर डडेल्धुरा गइरहेको अवस्थामा भिमदत्त लोक मार्गको वुडर खण्डमा दुर्घटना भएको छ। आज बिहान सिमसिम पानी परिरहेको र कुहिरो लागेको अवस्थामा सडकबाट खस्दा सल्लाकोरूख मा लाग्न गएको हो। रुख भाँच्चिएर ढले पनि ट्रकलाई भन्ने थप क्षति हुनबाट रुखले जोगाएको छ।
यहि स्थान मा केही वर्ष पहिले मालवाहक गाडी दुर्घटना हुँदा गाडीको टुक्रा टुक्रा भएको र चालकको निधन भएको कुरा स्थानीय पवित्रा वोहराले बताए। गाडीमा भएको सिमेन्ट केही क्षत-विक्षत भए पनि गाडी चालक र सहचालक र गाडीको अवस्था भन्ने सामान्य रहेको छ। यदि सल्लाका रुखहरू नभएको भए सो गाडी सयौँ मिटर तल भिरमा जाने र गाडी सामान र मानविय अपूरणीय क्षति हुनबाट सडक छेउमा रहेको रुखका कारण जोगिएको छ । कतिपय अवस्थामा सडक दुर्घटना भए पनि रुखको आडले गर्दा गाडी रोकिन गई थप क्षति हुनबाट जोगिने गरेको कार चालक कैलास कैनीले बताउँछन् ।
प्रतिक्रिया