पशुपतिको जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइयो

जोखिएको जलहरीको तौल १०७.४६८७ किलोग्रामको पाइएको छ

bimbonline बिम्ब अनलाइन
२०८० असार ११ १२:०१ बजे

काठमाडौँ । विवादित पशुपतिनाथको स्वर्ण जलहरी जोखिएको छ । जोखिएको जलहरीको तौल १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो। जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो। जसअनुसार जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको हो ।

२०८० असार ११ १२:०१ बजे

प्रतिक्रिया