कश्मीरमा ४१ प्रहरी सवार बस दुर्घटना हुँदा ६ को मृत्यू

कश्मीरमा ४१ प्रहरी सवार बस दुर्घटना हुँदा ६ को मृत्यू

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १४:१५ बजे
बस दुर्घटना

काठमाडौं ।  इन्डो -तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस दुर्घटना परेको छ । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ।   मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । 

बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस रहेका थिए ।   बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए।

जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ।

अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

२०७९ साउन ३१ १४:१५ बजे

प्रतिक्रिया