म्याग्दीमा चट्याङ लागेर ४५ भेडाको मृत्यु

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्

bimbonline बिम्ब अनलाइन
२०८० असार ९ १०:५० बजे
भेडा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । 

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिए । 

 उनले भने, “बिहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि हामीहरू घटनास्थलतर्फ जाने तयारीमा छौँ ।  चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।”

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । रु ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

२०८० असार ९ १०:५० बजे

प्रतिक्रिया