काठमाडौँबाट राजस्थान जाँदै गरेको बस दुर्घटना

bimbonline बिम्ब अनलाइन
२०८० असार ८ १०:२४ बजे
काठमाडौँ । काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरू घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरू थिए । तीमध्ये केही घाइते भएका र उनीहरूलाई अस्पताल पठाइएको छ । घाइतेहरूमध्ये १०–१२ वर्षको एक जना बच्चाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०८० असार ८ १०:२४ बजे

प्रतिक्रिया