टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराएका यात्रुको निधन

bimbonline बिम्ब अनलाइन
२०८० असार ८ ०८:३४ बजे
काठमाडौँ । पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु  भएको छ । उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य पनि रोकिएको छ ।

एक जना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतबार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो।

उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना ब्रिटिश-पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक सवार रहेका थिए । उक्त पनडुब्बी आइतबारदेखि सम्पर्कविहीन भएको थियो। उत्तरी आन्ध्र महासागरमा डेबको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त 'सबमर्सबल'मा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ।

संयुक्त राज्य अमेरिकाको अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बीको परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए भन्ने देखिन्छ। उक्त प्रतिवेदनमा गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराउने धेरै कुराको पहिचान गरिएको थियो।

त्यसमा टाइटन पनडुब्बीको 'हल'अर्थात् मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो। उक्त पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले 'ूटाइटनका यात्रुलाई हुनसक्ने खतराहरू' औँल्याएका थिए।

ती दस्तावेजका अनुसार उनको चेतावनीलाई बेवास्ता गरियो। ओशनगेटका सञ्चालकहरूले बैठक बोलाए अनि उनलाई जागिरबाट बर्खास्त गरियो। कम्पनीले गोप्य जानकारी चुहाएको भन्दै उनलाई मुद्दा हाल्यो। उनले कम्पनीले अनुचित रूपमा आफूलाई बर्खास्त गरेको भन्दै अदालतमा चुनौती दिए।

टाइटानिकः दुर्घटनाको ‘त्रासदी’ सम्झाउने जहाजको भग्नावशेषको भिडिओ उक्त मुद्दामा पछि मिलापत्र भयो। तर कस्तो सम्झौतामा त्यो टुङ्गियो भन्ने विवरण थाहा हुन सकेको छैन। एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित त्यो पनडुब्बी पानीमुनि गएको थियो।

पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए।पहिला फ्रान्सको जनसेनामा काम गरेका पल-अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए। उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए।टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए्।

त्यो माथि सतहमा उत्रिएमा त्यसलाई बाहिरबाट मात्र खोल्न मिल्ने विज्ञहरूले बताएका छन् । सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ। अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
२०८० असार ८ ०८:३४ बजे

प्रतिक्रिया